२२ कात्तिक, काठमाडौं  दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार पूर्वघोषित नगद पुरस्कार प्रदान गरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु खेलकुदमन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा सम्मान गर्दै नगद पुरस्कार प्रदान गरे

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्यसचिव टंकलाल घिसिङ राखेप बोर्ड तथा कार्यकारी समितिकीसदस्य नन्द बस्याल, राखेप सदस्य अञ्जन धमला, प्रशासन विभागका विभागीय प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागकाप्रमुख मिनकुमार शर्मा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो

आईसीसी सीडब्लुसी लिग अन्तर्गत गत फागुन २५ देखि चैत गतेसम्म नेपाल, युएइ पपुवान्युगिनीबीच काठमाडौंमा भएकोप्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी चारै खेलमा जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीरोहितकुमार पौडेल, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, प्रतिश जिसी, मोहम्मद आसिफ शेख, करन केसी, सन्दिप लामिछाने, मोहम्मद आरिफ शेख, ललितनाराण राजवंशी, गुल्शनकुमार झा कुशल मल्ललाई जनही लाख प्रदानगरियो

मुख्य प्रशिक्षक मोन्टी देसाइलाई एक लाख ५० हजार तथा सहायक प्रशिक्षक बसन्त शाही, टिम व्यवस्थापक शम्भुप्रसाद शर्मा फिजियो विक्रम न्यौपानेलाई समान एक/एक लाख नगद पुरस्कार प्रदान गरियो

त्यस्तै गत बैशाख देखि १८ गतेसम्म भएको नेपालसहित १० राष्ट्र सम्मिलित एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधिजित्नुका साथै एसिया कपका लागि छनोट भएको टोलीका प्रत्येक खेलाडीलाई जनही लाखबाट पुरस्कृत गरियो

मुख्य प्रशिक्षकलाई लाख तथा सहायक प्रशिक्षक, टिम व्यवस्थापक फिजियोलाई जनही लाख पुरस्कार प्रदान गरियो प्रिमियरकपमा सहभागित जनाएको टोली लिग को टोलीमा टिम व्यवस्थापक मात्र फरक हुन् प्रिमियर कपको व्यवस्थापकमा रुपकरन्जित थिए

सोही अवसरमा गत आइतबार सम्पन्न आईसीसी पुरुष टी२० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै टी२० विश्व कपमास्थान पक्का गर्न सफल नेपाली टोलीलाई पनि बधाइज्ञापन गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर