काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतीय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतीय नागरिक निकार अलीलाई पक्राउ गरेको हो ।

१५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले गोप्य राखिएको प्रहरीले जनाएको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए ।

विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

पक्राउ परेका अली कञ्चनपुरस्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर