सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट एक सय ५० क्विन्टल चामल हेलिकप्टरबाट ढुवानी गरिएको छ ।
बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टरमार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए।
उनकाअनुसार अनुदानका चामल सिर्दिबास पुर्याइएको हो। प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दुई दिन लगाएर चामल सिर्दिबास डिपोमा पुर्याइएको बताए।
चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासिन्दलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ।
‘बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाइ दुई दिन गरेर चामल पठाइएको छ। मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्याउन सम्भव भएको हो,’ उनले भने।
पहिलोपटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्याएर सुरक्षित भण्डारण गरिएको उनले बताए। कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठ अन्तिम सातादेखि नै अविरल वर्षा शुरु भएपछि चामल लैजान सकिइएको थिएन।
हेलिकप्टरमार्फत डिपोमा पुर्याएको चामल अरुवा मन्सुली प्रतिकिलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिने सिर्दीबास डिपोले जनाएको छ।
प्रतिक्रिया
-
४