रामेछाप – रामेछाप जिल्ला खाँडादेवी गाउँपालिकामा समाजिक कार्य गर्ने संस्था माकादुम एकता समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । गत शनिबार काठमाण्डौमा सम्पन्न अधिवेशनमा संस्थाका जेष्ठ सदस्य जोतेन्द्र बुढाथोकीको प्रमुख आतिथ्य तथा के पी बुढाथोकीको अध्यक्षता थियो । उक्त अधिवेशनबाट अध्यक्षमा गणेश बुढाथोकी चुनिएका भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा सुदिप कार्की, सचिवमा रमेश बुढाथोकी, काेषाध्यक्षमा साजन बुढाथोकी छानिएका छन् । तेस्तै रामचन्द्र कार्की, मनिषा खत्री, एकराज महत, के पी बुढाथोकी सदस्यमा चुनिएका छन् ।

२०७३ सालमा स्थापना रहेको माकादुम युवा एकता समाज सामाजिक सेवामा तल्लीन रहेको र समाज रुपान्तरण, युवा एकीकरण समाजमा रहेका हरेक विकृति विसंगतिहरूलाई निर्मुल पार्ने तथा स्वास्थ, शिक्षा, धार्मिकक्षेत्रको संरक्षण र पूर्ण रुपमा विकास गराउन संस्थाको स्थापना गरिएको माकादुम युवा एकता समाजका सचिव रमेश बुढाथोकी ले जानकारी दिए । बुढाथोकी संस्थाका संस्थापक अध्यक्ष समेत हुन् ।

माकादुम युवा एकता समाजद्वारा खाँडादेवी गाउँपालिका वडा नं. ६ मा रहेका विद्यालयहरूको शैक्षिक संस्था अवलोकन गर्नुका साथै साथै बिपन्न, असाहय, अपाङ्ग विद्यार्थीहरूलाई छात्रवृत्ति समेत बितरण गर्ने गरेको छ। संस्थालाई आर्थिक रुपमा मजबुत बनाउन “उत्सव जन्म, गरौं सत्कर्म ” भन्ने मुल नाराका साथ यस संस्था अगाडि बढिरहेको सचिव बुढाथ‍ोकीले जानकारी दिए ।

– राजन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर