सौल/दक्षिण कोरिया – गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१-२०२३ को लागि दक्षिण कोरियाकी जुनु गुरुङ महिला संयोजकमा उम्मेदवार हुने भएकी छन्।

गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय  भूमिका खेल्दै आएका दक्षिण कोरियामा महिलाहरूको संस्था women for women काे  अध्यक्ष  जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियामा स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार समेत भई काम गरिरहेकी गुरुङ कोरियाको नेपाली समुदायमा निकै नै प्रख्यात छिन् त्यसैको उपज कोरियन सरकारले मानार्थ नागरिकता बाट सम्मान गरेको थियो । अन्तर्राष्ट्रिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक( २०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हुदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक कार्य सम्पन्न  गरेकी छिन्।

अब भने आफ्नो अनुभव र कार्य दक्षताकाे आधारमा  गुरुङले नयाँदैनिकी सँगको छोटो कुराकानीमा आफू गैह्र आवासीय अन्तराष्ट्रिय समन्वय समिति महिला संयोजक पदको लागि उम्मेद्वारी दिने बताइन् ।

आफू महिला संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई एक्टिभ गराउन सफल गुरुङ अब महिला उद्यमशिलताको बिषय लिएर उम्मेदवार भएकी हुन्। आफ्नै पालामा एशिया प्रशान्त क्षेत्रको पहिलो र दोश्रो महिला महिला भेला/बैठक गराउन पनि सफल भइन गुरुङ। अब भने एक तह माथि महिला संयोजक भएर काम गर्न चाहेको कुरा बताउँछिन ।

अब एनआरएनमा सांगठनिक सुदृढीकरण , महिला समावेशी, महिला नेतृत्व  बिकास, सशक्तिकरण र महिला उधमशिलता नै प्रमुख आवश्यकता रहेको उनको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर