काठमाण्डौ – नयाँ वर्ष २०८२ को अवसरमा इस्माली समाज युएईले सांस्कृति कार्यक्रम गर्ने भएको छ । संस्थाले अप्रिल १३ (चैत ३१) मा दुबईको बरदुबई स्थित आब्रामा नयाँवर्षको शुभकामना तथा विशेष शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

दुबइमा रहेका नेपालीहरूलाई एकता ,आत्मियता, साथै प्रदेशमा रहने आम नेपाली समुदायबीच एकताबद्द रहेर आफ्नो मौलिकपन हाम्रो सांस्कृतिक नेपालीहरूको पहिचान भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम गर्न लागेको बताए । नेपाली नयाँवर्षको हर्ष बाँड्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव मनोज ज्ञावलीले बताए ।

उक्त कार्यक्रम सांस्कृतिक र सांगीतिक समेत हेनेछ । सांगीतिक कार्यक्रमका लागिका लागि गायक होमनाथ कुँवर, विनय खत्री, कुशुम परियार, रञ्जिता कुँवर र बावुराम परियार प्रस्तुति दिने छन् ।

प्रवासमा रहेका नेपाली प्रवासीबीचको एकता र सामाजिक चेतनालाई बल दिन यस्ता कार्यक्रम उपयोगी र जनचेतनामूलक हुने भएकाले यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष मानबहादुर कुँवरले भने ।

इस्माली समाज युएईले युएईस्थित नेपालीहरूबीच सहकार्य गर्दै विभिन्न सामाजिक गतिविधिहरू समेत सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममा दुबई भरबाट नेपालीको उल्लेखनीय उपस्थिति रहने अपेक्षा आयोजक टिमले राखेको छ ।

-राजन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर