अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई “’ अनेसास डायस्पोरा नारीरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो ।

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत रहनु भएको खत्री अनेसासको बिओटी र केन्द्रको अध्यक्ष हुने पहिलो महिला हुनुहुन्छ ।

साहित्य-प्रेमी रोहिणी शर्माको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।

मार्च १०-१२ मा हुने बोस्टन साहित्य सम्मेलनमा साहित्यकार खत्रीलाई पुरस्कृत गरिने छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर