काठमाडौँ – गैरआवसीय नेपाली संघ (एनआरएनए)बेल्जियमको मतदानमा विवाद हुँदा कुटाकुट भएको घटनालाई लिएर एनआरएनएले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनाव सकिन आधा घण्टा बाँकी रहँदा निर्वाचनस्थल रणभूमिमा परिणत भएको थियो।
एनआरएनएका प्रवक्ता डिवी क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिअनुसार २५ जुलाई २०२१ का दिन गैरआवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा बेल्जियमस्थित ७ वटैं निर्वाचन क्षेत्रहरूहरूमा निर्धारित समय विहान ९ वजेदेखि दिउँसो ५ बजेसम्म भौतिक ररूपमा उपस्थित भएर निर्वाचन भईरहेको थियो ।

तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४ः४५ वजे विदेशी मूलका मानिसहरू हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै मत पेटिका कव्जा गर्ने प्रयास गरेको एनआरएनले जनाएका छन् ।

प्रवक्ता क्षेत्री भन्छन् “त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित गैरआवासीय नेपाली सदस्यहरु प्रतिकार गर्न जाँदा उहाँहरु माथि सांघातिक आक्रमण गरी घाईते समेत बनाईयो ।”

वुथ कव्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले तरल पदार्थ मतपेटिकामा खनाई पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के.सी. यस निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल माथि सांघातिक आक्रमण गरी घाईते बनाइएको उनले बताए । उनका अनुसार आक्रमणकारीलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लाई समेत आक्रमण गरी कुटपिट गरिएको थियो ।

मतपेटिका कव्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनएका सदस्यहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मतपत्रहरु सुरक्षित राख्दै पुनः अर्को मतपेटीकाको व्यवस्था गरी सुरक्षित राखिएको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

सो निन्दनीय घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको एनआरएनले जनाएको छ । यो घटनामा संलग्नहरुलाई कानुनको दाहेरामा ल्याउने प्रकृया अगाडि बढि सकेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

यस घटनामा संलग्न ब्यक्तिहरु पहिचान भए पश्चात निजहरूलाई पञ्जिकृत सदस्यता नरहने गरी कार्वाही गर्ने संघले चेतावनी दिएको छ । यस घटनाले गैरआवासीय नेपाली संघको पहिचान र छवी धमिल्याउने प्रयास भएको उनले बताए ।

संघको संजाललाई खलबल्याउने काम भएकोमा सबै गैरआवासीय नेपालीहरु एकजुट भई यस प्रकारको घटनाको प्रतिकार गर्न समेत एनआरएनले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर