सउल – नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाकाे अधिवेशन घोषणा भएको छ । आगामी जुलाई १७ तारिख नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको ७ औँ अधिवेशन हुने निश्चित भएको हो । अधिवेशन घोषणा भएसँगै अध्यक्ष पदमा पत्रकार सविना कार्कीले उम्मेदवारी दिने भएकी छिन् । कार्कीले आफ्नो फेसबुक एकाउन्ट मार्फत एक स्टाटस लेख्दै अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएकी हुन् ।
पत्रकार कार्कीले आफू निर्वाचित भए महासंघ काेरिया शाखालाई अबको कार्यकालमा उदाहरणीय काम गर्ने बताएकी छन् । काेरियामा रहेर पत्रकारिता गर्दै आएकी कार्कीले अब पत्रकार महासंघकाे काेरिया शाखामा गएर शाखाको गरिमालाई उच्चता दिँदै पत्रकारहरूको हकहितका लागि काम गर्ने बताएकी छन् ।
अबकाे दिनमा पत्रकार महासंघ काेरिया शाखाले प्रत्येक वर्ष उत्कृष्ट पत्रकारलाई सम्मान गर्नु राम्रो हुने र आफू अध्यक्ष पदमा निर्वाचित भए याे व्यवस्थाकाे थालनी गर्ने बताएकी छन् । आफ्नो महत्वपूर्ण ५ वटा एजेन्डाहरू सहित आएकाले आफ्नो जित सुनिश्चित हुने भन्दै उनले सेतोमाटोसँग आफू निर्विरोध अध्यक्ष हुने बताईन ।
कार्की कोरिया आउनु अघि प्राईम टेलिभिजनका कार्यरत थिईन् । कोरिया आएपछि पनि देश परदेश तथा देश संसार कार्यक्रम सञ्चालन गरीरहेकी छिन् । उनी हाम्रोकान्तिपुर डट कमकी उपसम्पादक समेत हुन् ।
पत्रकार महासंघ शाखा कोरियाको जुलाई १७ तारिखमा अधिवेशन कार्यक्रम तकिएको छ । कार्यक्रम राजधानी सिओलको हुने शाखाले एक सूचना मार्फत जानकारी यसअघिनै गराइ सकेको छ ।

प्रतिक्रिया
-
४
