नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको स्थायी कमिटी बैठक रोक्न पुन: राखेको प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। अध्यक्ष ओलीले नेपाल पक्षका नतताहरूसँग कुरा गर्दै बैठकलाई सधैँ रोक्न नसकिने बताएका हुन् ।
एमाले एकता कार्यदलका सदस्यहरुले सिंहदरबारमा छलफल गरेर शनिबार साँझ पार्टी अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
तर १० बुँदे सम्झौता गरेकोमा धन्यवाद दिँदै एमाले स्थायी कमिटीले यसअघिनै कार्यदल विघटन गरिसकेको छ। शुक्रबारको स्थायी कमिटी बैठकले कार्यदल विघटन गरेको हो। उक्त बैठकमा नेपाल पक्ष भने सहभागी थिएन।
नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न आग्रह गरेको थियो। तर बैठक रोक्न ओली तयार भएनन्। ओलीले आइतबारका लागि फेरि स्थायी कमिटी बैठक बोलाएका छन्।
नेपाल पक्षका नेताहरूले अब अनौपचारिक छलफल गरेर १० बुँदे कार्यान्वयनमा लैजानुपर्ने र त्यसको लागि ओली र नेपाल बस्नुपर्ने कुरा उठाएका छन्। ओली निकट मानिने पार्टी सचिव प्रदिप ज्ञवालीले भने १० बुँदे सहमतिलाई स्वीकारीसकेकाले पार्टीमा आएर काम गर्न अध्यक्षले आग्रह गर्नु भएको कुरा बताए ।
कार्यदलका सदस्यहरूसँग धेरै अलमलिएर संगठनलाई दिशाहिन अवस्थामा राख्न नहुने भन्दै कमिटीलाई सक्रिय बनाएर अघि बढाउनपर्ने र त्यसका लागि आफ्नो सहयोग रहने धारणा पार्टी अध्यक्ष ओलीले छलफलमा बताएका थिए ।
कार्यदल सदस्यहरूले सोमबार माधव नेपाल पक्षलाई पनि भेट्ने तयारी छ ।
प्रतिक्रिया
-
४