• एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन्

शनिबार दिउँसो कोटेश्वर स्थित नेपाल निवास पुगेका उनी पछिल्लो समय बदलिँदो राजनीतिक अवस्थाका कारण बिशेष रुपमा हेरिएको छ ।

भेटमा के के कुरा भयो भन्ने प्रष्ट नपारिएपनि उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बतायो ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपालले गठबन्धनमा सहभागी नहुने बताइसकेका छन् । तर गत बिहीबार बसेको गठबन्धनको बैठकमा आफू सहभागी नभए पनि उनले प्रतिनिधि भने पठाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर