काठमाडौँ – नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएका छन् । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएका छन्। महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बजर भएको काँग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले जानकारी दिए ।

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनले दुई हजार २१२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरेका छन् ।

दलितर्फ कूल चार हजार ६७० मत खसेको थियो । त्यस्तै कांग्रेसको जनताति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी विकास लामाले विकास लामाले एक हजार ९१३ मत प्राप्त गरेका छन् ।

आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो । कांग्रेसको सभापति बाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर