काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)को महिलातर्फको महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी बनेकी छिन् । नायिकासमेत रहेकी रेखा थापालाई पराजित गर्दै शाही महामन्त्री पदमा विजयी बनेकी हुन् ।
आइतबार बिहान आएको मत परिणामअनुसार शाहीले २००८ मत ल्याएकी थिइन् भने थापाले १६४० मत प्राप्त गरेकी थिइन् । शाहीले कमल थापा र थापाले राजेन्द्र लिङ्देलको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका थिए ।
राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भए पनि महामन्त्रीमा भने शाहीले थापालाई पराजित गरेकी छन् ।
प्रतिक्रिया
-
४
