काठमाडौँ /मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेकपा (माओवादी केन्द्र)का नेत्री फम्फा भुसालले पाएकी छन् ।

वि.सं २०६४ मा महिला बालबालिका तथा समाज कल्याणमन्त्री, २०६५ मा सामान्य प्रशासनमन्त्री र विसं २०६८ मा शान्ति तथा पुनः निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री भुसाल माआवादी जनयुद्धको क्रममा १० वर्ष भूमिगत बसेकी थिइन् ।

वि.सं २०१९ साउन ४ गते अर्घाखाँचीमा जन्मिकी भुसाल ललितपुर क्षेत्र नं ३ बाट विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यसअघि विसं २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । उनी तत्कालीन संयुक्त जनमोर्चा नेपालको महासचिव र अध्यक्ष भएकी थिइन् ।

वि.सं २०३३ मा अनेरास्ववियु छैटौँको सदस्यता लिई राजनीतिक जीवन शुरुआत गरेकी भुसाल नेकपा (माओवादी केन्द्र)को प्रभावशाली नेत्री हुन् । माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेकी नेत्री भुसालको विशेष रुची अर्थतन्त्र र विकासमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर