प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभाव नहुने बताउनु भएको छ । कोभिड–१९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप सरकारले निरन्तर ल्याउने र दिने काम गरिरहेको बताउनु भएको हो ।

सरकारले ठूलो समूहलाई खोप दिने उद्देश्यले निरन्तर प्रयस गरिरहेको र २०२१ को अन्त्यसम्ममा सरकारको लक्ष्य अनुसार सबैलाई खोप दिने प्रधानमन्त्री ओलीले दाबी समेत गर्नुभयो ।‘२०२१ सम्ममा लक्ष्यअनुसार खोप दिन्छौं, हामीले प्रयास गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘अब हामी खोपको अभावले तड्पिनुपर्दैन ।’

केही समय खोपको अभाव देखिएपनि अब त्यो अवस्था दोहोरिन नदिने गरि काम भइरहेको उहाँको भनाइ छ । यद्यपि कोभिड–१९ समाप्त जबसम्म समाप्त हुँदैन तबसम्म सबैले सजकता अपनाउनुको विकल्प नभएको ओलीले बताउनु भयो ।

वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने अस्पतालका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर