चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमसीसीका विषयमा जनताको विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ ।”

राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो । उनले थपे, “देशको विकासका लागि आउने बजेट हो । जनताको मन जितेर राष्ट्रियताको विषयमा देखिएको विवाद समाधान गर्दै अघि बढ्नुपर्छ ।”

नेता केसीले १४औँ महाधिवेशनका क्रममा संस्थापन इतरको समूहबाट एउटा मात्रै उम्मेदवार बन्नुपर्ने जोड दिए ।

एउटा मात्रै उम्मेदवार नभए आफू पनि सभापतिको उम्मेदवार बन्ने उनको भनाइ थियो । उनले भने, “पार्टीलाई विधिसम्मत चलाउनका लागि संस्थापन इतरको एक जना मात्र सभापतिको उम्मेदवार बन्नुपर्छ ।” अहिले पार्टीभित्र व्यक्तिवाद हावी गर्न खोजिएको उनको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर