– डा. शिव समीप
पृष्ठभुमी
नेपालको राजनीतिक यात्राले धेरै घुम्तीहरु पारगर्दै आएको छ । कहिले शान्तिपूर्ण आन्दोलन, कहिले रक्तपात, कहिले निराशा र कहिले नयाँ आशाका किरणहरु । इतिहासले बारम्बार यिनै दृश्य दोहो¥याइ रहेको छ त्यो हो नेताहरू सत्तामा पुगेपछि जनताको आवाजलाई विस्मृत गर्ने । पछिल्ला वर्षहरूमा त झन यो विस्मृति अहंकारको उच्चतम रुपमा प्रकट भयो । जब सत्ता विवेकभन्दा ठूलो हुन्छ, जनताको मर्म, आशा र भरोशालाई तुच्छ ठान्छ । सायद नेपाली नेताहरुमा पनि यही सिद्धान्तले काम गरेको हुनुपर्छ । आज फेरि देश नयाँ मोडमा छ । भ्रष्ट्राचार, असमानता र पुरानो राजनीतिक सोचको विरुद्धमा जेनेरेशन जेड (जेन्जी) का युवाहरू सडकमा उत्रिए र आमुल परिवर्तन पनि भयो । उनीहरूका स्वरहरू यति सशक्त छन्, कि सामाजिक सञ्जालदेखि सडकसम्म एउटै सन्देश छ “हामी जागेका छाँ” ।
लोकतन्त्र प्राप्तिसँगै नेपाली जनतामा राजनीतिक रूपान्तरण, सुशासन र समावेशी विकासको ठुलो अपेक्षा थियो । विशेष गरी २०४६ पछि देश बहुदलीय व्यवस्थामा प्रवेश गरेसँगै हामी नेपाली जनताले पारदर्शिता, जवाफदेहीता र योग्यतामा आधारित शासन प्रणालीको आकांक्षा गरेका थियौँ । तर, विडम्बना विगत तीन दशकको अनुभवले देखाएको यथार्थ भने उल्टो रह्यो । नेपालको राजनीतिमा भ्रष्टाचार मौलाएको, दलतन्त्र हाबी भएको र प्रणालीगत बेथिति गहिरिँदै गएकोछ भनेर जनताले धेरै पहिलेदेखि नै महसुस गर्दै आएका थिए । तर जनताको आवाज भने वन्द थियो । अझ खतरनाक कुरा त के भने योग्यताक्रम (ःभचष्तयअचबअथ) को त हत्या नै गरियो । लोकतान्त्रिक व्यवस्थालाई प्रतिस्पर्धा मार्फत सही व्यक्ति सही स्थानमा ल्याउने प्रणाली मानिन्छ । संवैधानिक निकाय, आयोग, विश्वविद्यालय, न्यायपालिका, विदेश सेवा, ठूला परियोजनामा नियुक्त गर्दा योग्यता भन्दा दल÷गुटको भागबन्डा हावी भई पारदर्शिता र प्रतिस्पर्धाको धज्जी उडाएका यथेष्ट प्रमाणहरु चोक र गल्लीहरुमा छरपस्ट थिए् । झनै रमाइलो कुरा त के देखिन्थ्यो भने थिति र बेथितिको वकालत गर्नुपर्ने बौद्धिक जमातहरु विशेषगरी प्राध्यापक–डाक्टरको दोहोरो फुली भिरेकाहरु निहित पदीय लाभका लागि कोही मौन बसेभने कोही त नेताको पाउ नै मोल्न पुगे । उनीहरुले आफ्नो कद त घटाए नै पुरै बौद्धिक वर्गकै बदनाम गरे । उता विकास निर्माण, प्रशासनिक काम र सरकारी जग्गा जमिनमा दल र नेताहरु यति हावी भए कि यी सब मानौँ यिनका लकरका सम्पत्ति हुन ।
यसरी मेरिटोक्रेसीको हत्या र भ्रष्टाचारका काण्डै काण्डैको तलाउमा तैरिइरहेका दल, नेता र गणतन्त्रप्रति युवाहरूको विश्वास हराउनु र प्रतिकारमा उत्रिनु कुनै नौलो र अप्रत्याशित थिएन । यी सबै परिघटनाहरु सामाजिक संजालमा टुलुटुलु हेर्दै आएको एउटा निरीह जेन्जी पुस्ता संजाल मार्फत नै संगठित हुँदै थियो । यिनीहरु तिनै पुस्ता हुन् जसका अभिभावकहरु सुशासन र गणतन्त्रको सपना बोकेर शसत्र जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा होमिएका थिए । अहिले जब आफ्ना अभिभावकका सपनाहरु दलियतन्त्रले बलात्कृत हुँदै गए, आँखाले आफ्नै भविश्य अन्धकार देख्यो र मन आक्रान्त बन्यो अनि तिनले सडकमै आशा खोजे । आन्दोलनमा होमिए, विलिन भए र फाल्गुन २१ को आम निर्वाचन मार्फत सुशासनको आशा जगाए ।
परिवर्तनको प्रयासमा प्रचण्ड
प्रचण्डको योगदान केवल युद्ध वा आन्दोलनमा सिमित छैन । उनले नेपालको गणतन्त्रको ढोका खोल्ने ऐतिहासिक भूमिका खेले । राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण, नयाँ संविधान निर्माण, संघीय संरचनाको स्थापना, समावेशी राजनीति र वर्गीय समानताको मुद्दा । यी सबै उपलव्धीको केन्द्रमा कहिल्यै नथाक्ने, कहिल्यै नडराउने एउटा अजंगको पात्र रहे पुष्पकमल दाहाल प्रचण्ड । उनी कहिले विवादित अनि कहिले प्रशंसित तर सधैं निर्णायक रहे । उनले बारम्बार सत्ता गुमाए, आलोचना भोगे, तर पनि उनी परिवर्तनको आत्मा भएर टिके । उनको राजनीतिक जीवनले सन्देश दिन्छः परिवर्तन केवल नारा होइन, निरन्तरको संघर्ष हो । र त्यो संघर्षको मूल्य कहिल्यै सस्तो हुँदैन । इतिहासले अवश्यपनि मुल्यांकन गर्ने नै छ । प्रधानमन्त्री हुँदा उनले लोकतन्त्रलाई बदनाम गर्ने दलीय लुटतन्त्रको जरो उखेल्ने थालनी गरी राजनीतिक “सफाइ” को सन्देश दिए । त्यो साहसलाई जनताले महसुस गरे, स्वीकार गरे तर राजनीतिक प्रणालीले उनलाई सहज मार्ग दिएन । राजनीतिक व्यापारी र विचौलीयाहरूले उनलाई सत्ता वर्हिगमनको बाटो देखाइदिए ।
उनले आफ्नो सत्ता वर्हिगमनका बेला संसदमा निकै गम्भिर सम्बोधन गरे । उनले कांग्रेस–एमाले गठबन्धनलाई जनताको मर्म विपरीत बनेको सत्ता खेल भने । यो देश केवल दुई पार्टीको बन्धक होइन, वीर पुर्खाको बलिदानको नासो हो । जनयुद्धका घाउ र लोकतान्त्रिक यात्राहरू सम्झिँदैे भने हामीले गणतन्त्रको इतिहास रगतले लेखेका हौँ । उनले थपे, संघीय लोकतान्त्रिक गणतन्त्र तपाँइहरुका लागि राजनीतिक सम्झौता होला तर हाम्रा लागि त आफ्नै रगतको बलिदानले जन्माएको सन्तान हो । तपाईंहरूले सम्झनु पर्छ, यो कुर्सी मात्रै होइन, सहिदहरुको सपनाको जवाफदेहीता हो । उनका शब्दहरूमा राजनीतिक आक्रोश, सत्ता बर्हिगमनको छटपटि त थियो होला, त्यो भन्दा बढी आफ्नै नेतृत्वको जनयुद्धको जगमा प्राप्त भएको गणतन्त्रको रक्षा, सुशासन र तीव्र विकासको हुटहुटी पनि । त्यो सम्बोधन केवल राजनीतिक बयानबाजी मात्रै थिएन लोकतन्त्रका लागि जनताको दशकौंको संघर्षको निश्कर्ष थियो । उनको सम्बोधनलाई संसदभित्र तालीले मात्रै होइन, देशभरका आम नागरिकका आँखाबाट बगेका आँसुहरूले पनि स्वीकार ग¥यो । यसबेला, संसद् भवनभित्र प्रचण्डले दिएको सम्बोधनले पुरानो पुस्ताको विवेक र त्यागलाई फेरि एकपटक उजागर गरेको छ । मेरो व्यक्तिगत विचारमा लाग्छ जेन्जी युवाहरुमा पलाएको राजननीतिक चेतनाको मूल जरो पनि त्यही सम्बोधन हो ।
जब नयाँ पुस्ताले राजनितिको अग्नीकुण्डमा हामफाले जनताले सहर्ष स्वीकार गरे । नेतृत्व सुम्पिए । पछिल्ला निवार्चनमा जब हर्क, बालेन, रवि र गोपीहरु विजयी भए, काम शुरु गरे दुईठुला दलहरु उनीहरुको विरोधमा र्निलज्ज उत्रिए, प्रशासनिक काममा अवरोध मात्रै गरेनन् राजनीतिक भविश्य नै सिध्याउने प्रयास गरे । ठिक विपरित नयाँ पुस्ता र परिवर्तनप्रति प्रचण्ड यति उदार, आशावादी र सहयोगी बनेर निस्किए र भने कि यिनिहरु गणतन्त्रको बगैँचामा फुलेका सुन्दर फूलहरु हुन यिनीहरुलाई संरक्षण गर्नुपर्छ । जब आमूल परिवर्तनको उद्घोष गर्दै जेन्जीहरु आन्दोलित भए प्रचण्ड निशर्त स्वागतमा उत्रिए तब ओली सरकार प्रचण्डमाथि हिलो छ्याप्न लाग्यो । वास्तवमा जेन्जी आन्दोलन प्रचण्डको निर्देशनमा थिएन, यो त उनको विचारको उत्तराधिकारी होे । रोचक कुरा के रह्यो भने, प्रचण्डले युवाहरूमा आफ्नो प्रतिरुप देखे
राष्ट्रवादकोे आवरणभित्र तानाशाही
वास्तविक तानाशाही त्यही हो जसले कानुन र संस्थालाई आफ्ना स्वार्थ र अहंकारका लागि प्रयोग गर्छ । ओलीले आफ्नो यही अहंकारको कद यति अग्लो बनाउँदै गए कि त्यहि अहंकारको चुलीबाट चिहाउँदै अरुलाई् भुसुना देखे । दशकौँ देखिका आफ्नै सहकर्मीहरु पनि चिनेनन् । उनले संसद् विघटन गरे, न्यायालयलाई चुनौती दिए, प्रेस र सामाजिक संजालमाथी अंकुश लगाउने प्रयास गरे । यी सबै कामको सन्देश एउटै हो म कानुन भन्दा माथि छु । ओलीको यहि कार्यशैलीले नेपालमा गणतन्त्रको जग हल्लायो उनि असफलताको ओरालो बाटोमा लागे ।
उनीलाई थाहा थियो अब म निर्लज्ज पतनको बाटोमा छु । तर उनले आँफूलाई जोगाउनु थियो । आफ्नो अहंकारको मुकुण्डो छोप्नु थियो अनि उनको अर्काे अस्त्र बन्यो राष्ट्रवाद । ओलीको राष्ट्रवाद खालि भाषणको पर्दा थियो । चुच्चे नक्सा, कालापानी, लिम्पियाधुरा, लिपुलेक यी शब्दहरू उनी आफ्ना असफलताहरू ढाक्ने औजारका रूपमा प्रयोग गर्न थाले । जब प्रश्न आउँछ रोजगारी कहाँ छ ? उत्तर आउँछ सीमा रक्षाको कुरा गर । जब प्रश्न आउँछ भ्रष्टाचार र पारदर्शिताको, उत्तर आउँछ म भ्रष्टाचारीको मुखै हेर्दिन । अन्त्यमा जव भ्रष्टाचरले उनको लँगौटी खोलिदियो लजाउँदै युवााहरुले प्रश्न गरे जवाफमा कारवाहीको डण्डा चलाए । उनीहरुको सपनाको ट्रयाक नै बन्द गरे चाहे आफ्नै कार्यकर्ता हुन वा स्वतन्त्र युवा । भिम रावल, बृन्दा पाण्डे, उषाकिरण हुन वा विद्या भण्डारी नै किन नहुन उदाहरण धरै छन् । यी सबै कुकृत्यको आशय एउटै हो भावनाको पर्दा ओढेर विवेकलाई मार्ने । राष्ट्रवाद तब पवित्र हुन्छ जब त्यो सामाजिक दायित्व र सुरक्षा सँग जोडिन्छ । तर ओलीको राष्ट्रवाद जनताको दुःखसँग होइन, आफ्नै कुर्सीको अहंकारसँग जोडिएको थियो । त्यो देशप्रेम होइन, त्यो आत्म–रति मात्रै थियो । अहंकार, निरंकुशता, तानासाही र बहुलठ्ठकपन थियो ।
ओली महाराजको राष्ट्रवादको मुकुण्डो तब उत्रियो जब जेन्जीहरुले सबै बेथितीको विरुद्धमा आन्दोलन छेडे । जेन्जीे आन्दोलन कुनै पार्टीको आदेश थिएन । त्यो स्वतन्त्र, स्वस्फूर्त र शुद्ध आवाज थियो जसले भन्यो अब हामी मौन छैनौँ । तर ओली सरकार युवाको कंचट ताकेर दमनमै उत्रियो । ती दृश्यहरु यती भयावह थिए कि, तपाईँ पाठकको मानसपटलमा ताजै छन् । इतिहासले निरंकुश कहलाएको राणशासन बिरुद्ध दशकौँको आन्दोलनमा केवल ४ जनाले साहदत प्राप्त गरेका थिए, त्यो पनि उनिहरुलाई कैयौँ पटक माफीको मौका दिएर । तर आज गणतान्त्रिक सरकारले स्कूल पोषाकमा विसुद्ध न्यायिक आवाज लिएर स्वस्फुर्त सडकमा निस्किएका यूवाहरुमाथी गोली बर्साउनु नेपाली इतिहासकै सबै भन्दा ठुलो नरसंहार थियो । यो पृष्ठभुमीमा म राजा विरेन्द्र र ज्ञानेन्द्रलाई सम्झन चाहन्छु । साँच्चै तिमीहरु जनप्रिय राजा नै रहेछौ, देशप्रेम तिमीहरुको मुटुमा रहेछ । चाहेको भए २०४६ साल र २०६३ सालमा उनीहरुले पनि त यस्तै नरसंहार गरेर आफ्नो सत्ता जोगाउन सक्थे नि, तर उनीहरुले त्यो गरेनन् जनताको नासो जनतामै फिर्ता गरे, श्रीपेच बुझाए । त्यसैले त आज सडकमा राजसंस्था पुर्नवहालीको आवज पनि सुनिन थालेको छ ।
जेन्जी युवाहरु राजनीतिको फोहोरी खेल खेल्न होइन संस्कार बदल्न उठेका हुन । म भन्दा ठुलो हामी भन्ने सन्देश दिएका छन् । त्यो सन्देश तानाशाहका लागि खतरा भयो । पुरानो संचरना ढलायो किनकि यो देशलाई अब युवाले निगरानी गर्दैछन् । नवगठित सरकारका कामको स्पष्ट सन्देश पनि यहि हो । त्यसैले अब स्पस्ट भैसक्यो ओलीको राजनीति अब विचारको राजनीति रहेन, व्यक्तित्वको नाटक बनिसकेको छ । उनले अझैपनि आफूलाई सच्चा देशभक्त सैनिकको रूपमा चित्रित गर्न खोज्दैछन । यथार्थमा उनी नै त्यो नरसंहारको प्रमुख आरोपित हुन जो अहिले कानुनी कठघरामा हुनुपथ्र्यो । तर अपशोच उनि सँग न त नैतिक र राजनीतिक जवाफदेहिता छ न त आत्मग्लानी नै । हुँदा हुँदा अझैपनि भावनात्मक शब्दजालमा यति र्निलज्ज हूंकार गर्दैछन् कि मानौ ती युवाहरु देशद्रोही र आतंककारी हुन् । हुन त लोकतन्त्रका लागि १४ वर्ष जेलनेल भोगेको हँ भनेर दाबी गर्ने उनी गणतान्त्रिक आन्दोलनमा खासै ठुलो योगदान विना नै पटकौँ पटक सत्तारोहण गर्ने भाग्यमानी शासक हुन । उल्फाको धन फुुपूको श्राद्ध भने झँै उनी खोक्रो आडम्वरमा केन्द्रित भए । लोकतन्त्रको मुखौटामा लुटलन्त्रको उत्सव मनाए । संविधानको शक्ति भन्दा आफ्ना कुवाच्य र घेराभित्रका सहयोगीहरुको मुढेबलमा बढी विश्वास गरे र इतिहासको पन्नामा कलंकको कालो टिका लगाएर बर्हिगमित भए । यद्धपी दलीय लुटतन्त्रका प्रमुख मध्यकै आरोपित भएपनि नेपाली कांग्रेसका तत्कालीन सभापती शेरवहादुर देउवाले अन्त्यमा आफ्नो अंशको गल्ती स्वीकार गरे, क्षमा मागे, पार्टी जीम्वेवारी हस्तान्तरण गरे र अलिकति भएपनि मानवीयता प्रकट गरे ।
संक्षेपमा,
आजको नेपालमा प्रश्नहरू छन्, तर साथसाथै नयाँ चेतनाको ज्वाला पनि दन्किरहेको छ । जेन्जी आन्दोलनले पुराना नेताहरूलाई पुनः सोच्न बाध्य बनाएको छ । देशलाई अब विचारशील नेतृत्व चाहिएको छ, अहंकारी नेता होइन । हालको मुख्य समस्या भनेकै राजनीतिक संस्कार र नैतितकताको संकटको हो । जबसम्म हामी कसले बनाउने भन्दा पनि कसरी बनाउने भन्नेमा केन्द्रित हुँदैनौँ, तबसम्म सुधारको अपेक्षा निरर्थक हुनेछ । सुधार कुनै चमत्कारिक घटना होइन । त्यो नागरिक जागरण र जवाफदेही नेतृत्वबाट मात्र सम्भव छ । नेपाली जनता अब त्यो जिम्वेवारी यीनै पुराना दलीय नेतृत्वलाई सुम्पन तयार नभएको पाठ फाल्गुण २१ को आम निर्वाचनले पढाइसकेको छ । केपी ओली अहिले पनि भाषणमा परिर्वतनका आकांक्षीहरुलाइ दुत्र्काछन्, आक्षेपित गर्छन् र धम्कीको भाषा बोल्छन् । प्रायः सबै तानाशाहहरू यस्तै वाक्य बोल्छन् । यसरी नै गर्जिन्छन् । तर इतिहासले यस्ता अहंकारी तानासाहलाई कहिल्यै स्वीकार गरेको छैन । र अन्ततः समाप्त भएको इतिहास विश्व राजनीतिले पढाएकै छ । प्रचण्ड ती थोरै नेतामध्येका एक हुन् जसले पहिला पनि परिवर्तनको नेतृत्व गरे, नतिजा निकाले र क्षतिको नैतिक जम्वेवारी लिए । अहिले पनि यो परिवर्तनलाई स्विकार गर्ने साहस देखाएका छन् । हो, उनी त्रुटिहीन भने होइनन् । उनीमा पनि धेरै प्रश्नहरु छन् । तर उनी अद्वितीय छन् किनकि उनीसँग अझै पनि केहि दुर्लभ गुणहरु बाँकी छन् सुधारको इच्छाशक्ति छ, आमूल परिर्वतनको अनुभव र लिगेशी पनि छ । त्यसैले हालको यो अभिभावक बिहिन तरल राजनीतिले निम्त्याउने सम्भावित सबै परिणामहरु र निकासका विकल्पहरुको पूर्वानुमान र व्यवस्थापन गर्नसक्ने, ज्ञान, अनुभव, विवेक र नेतृत्वक्षमता सबै भएकोले उनी उत्तम विकल्प हुन सक्छन् । यद्घपी हाललाई जनताको विश्वास बालेन सरकार उपर छ । आशा छ उनको नेतृत्वमा नेपालले पूर्ण राजनीतिक स्थायीत्व पाउने छ ।
प्रतिक्रिया
-
४
