रामेछाप – नेपालको नक्साभित्र वाग्मती प्रदेश खोज्ने हो भने त्यहीँ देखिन्छ देशको राजधानी काठमाण्डौ र त्यहीँ देखिन्छ रामेछाप जिल्ला पनि । जिल्लाकै प्रसिद्ध खाँडादेवी मन्दिरको नाम बाट उल्लेखित पालिका मध्येको एक हो  खाँडादेवी गाउँपालिका  । पालिकाको कुरा गर्ने हो भने देशकै कमजोर पालिकाहरूको सूचिमा छिटो भेटिएला खाँडादेवी गा.पा. तर विकास र सफलताको सूचिमा हैन् । देशकै विकासजस्तो सुस्त र कछुवाको गति खाँडादेवीले किन छोडेर दौडन्थ्यो र ? न भिजन, न सकारात्मक सोच न काममा हुटहुटी ।

यसो हेर्यो गाउँपालिका घुमेर न कृषिमा सफलता, न युवा पुस्तामा आशाको सञ्चार, न शैक्षिक सुधार र बाटोघाटोमा क्रान्ति, न स्वास्थ्यको लागि विश्वास गर्ने ठाउँ । खासमा पालिका हो चाहीँ के? प्रश्नहरू कति छन् कति?  पालिका अध्ययक्ष त कहिले धूलेखोलामा ड्याम बनाउने र पाखाभरि सिँचाईँ गर्ने संघिय सरकारकोजस्तो सोच बनाउँछन् र कुद्छन् बरु संघिय सरकारले सुरु गरेको अस्पताललाई बजेट दिन्छन्! जब कि गाउँमा भोकभोकै सुत्नेहरूको अवस्था झन् झन् नाजुक छ । उनी त देश विदेश कुद्छन् र नया प्रविधी सिक्ने भन्छन् । तर प्रविधी के हो घुमेर आएर कहिल्यै भन्दैनन । लागु गर्दैनन ।

तर यही पालिकामा एउटा यस्तो वडा पनि छ जसले पालिकाले छुट्याएर दिएको थोरै बजेटमा पनि सकारात्मक काम गर्दै गाउँको मुहार फेर्नमा तल्लिन छ । पालिकाको वडा नम्बर ३ र यस वडाका अध्यक्ष पुष्करकुमार कार्की साँच्चै नै केही गर्न तल्ललिन देखिन्छन् । भुल्नु नहुने कुरा के छ भने उनी असाध्यै राम्रा छन्, उनले भयङ्कर काम गरेका छन् भनेर उनलाई देखाउन खोजिएको हैन् । उनको जयजय गरेर उनलाई भगवान्  बनाउने चाह पनि छैन् तर उनले जे गरेका छन् त्यसलाई उजागर गर्ने हो भने देशका अरु वडाले पनि केहि  सिक्लान् । निष्ठा भन्ने शब्दको अर्थ बुझ्लान् । अरु केही नभए पनि उनै वडाका अध्यक्षलाई पनि आगामी दिनमा थप जोशको सञ्चार होला ।

भनिन्छ, यदि हामीले सफल मानिसका गुण चिनेर त्यसलाई पछ्यायौँ, अनुकरण गर्‍यौँ, व्यवहारमा उतार्न सक्यौँ भने हामी अवश्य सफल हुन्छौँ र सफलता कुनै रहस्यमय र जादुको छडी पनि त होइन जो छुने बित्तिकै बोल्छ । यो त असल सोच, सत्कर्म र निरन्तर साधनाको प्रतिफल हो । अध्ययन र मनन् गरे पछिको सकारात्मक नतिजा हो । सकारात्मक नतिजाले शक्तिमा मलजल गर्दछ र जीवन उर्वर बनाउँछ तर नकारात्मक नतिजाले जीवन शक्तिमा कम ऊर्जा प्राप्त हुन्छ । यस्तै सकारात्मक उर्जाका परिचय । उदाहरणी पात्र हुन् पुष्कर कुमार कार्की

वि.सं २०३६ मंसिर ३ गते रामेछाप जिल्ला हालको खाडाँदेवी गाउँपालीका वडा नं : ३ भिरपानीको आँपचौरमा पिता सम्मर बहादुर कार्की तथा माता सम्मर कुमारी कार्कीको कोख बाट जम्म लिनु भएको पुष्कर कुमार कार्की हाल नेपाली राजनीतिमा सक्रिय रुपमा परिचित व्यक्ती हुन । दुई पटक वडाअध्यक्षमा समेत निर्वाचित भएका कार्की हाल खाँडादेवी गाउँपालिकाको प्रवक्ता समेत हुन ।

वि.सं २०५५ सालमा खाँडादेवी मझुवा मा.वि  बाट एसएलसी पास गर्नु भएको कार्कीको पारिवारिक अवस्था भने सामान्य रहेको थियो ।  २०४९ सालबाट नेकपा एमालेको भातृ संगठन  अनेरास्ववियुमा सदस्य भई नेपाली राजनीति प्रारम्भ गर्नु भएका कार्की २०५१ सालमा प्रागेश्वर उच्च माविको अनेरास्ववियु अध्यक्ष समेत हुनु भयो ।

२०६६ सालमा नेकपा एमाले भिरपानी गाउँ कमिटी अध्यक्ष  ०७४ र ०७९ मा नेकपा (एमाले ) खाँडादेवी गाउँपालिकाको निवर्तमान संस्थापक अध्यक्ष र हाल नेकपा (एमाले ) रामेछाप जिल्ला कमिटी सदस्य रहेका कार्की सामाजिक, राजनीति, आर्थिक, शैक्षिक र भौतिक, रोजगार मुलक विकासका लागि सकारात्मक उर्जाका साथ लागेका देखिन्छन् ।

जीवनमा आइपरेको हरेक चुनौतीपूर्ण यात्राहरु लाई सहजै पार गर्दै आफ्नो अमुल्य समय आफ्नै जन्मभूमिमा व्यतीत गर्दै हुनुहुन्छ । राजनीति समाज परिवर्तनको मुल ढाेका पनि हो भन्नेहरू राजनीतिलाई फोहोरी खेल मान्छन् । यसो हेर्दा हो पनि तर फोहोर लाई सफाइ गर्दै हामीले एउटा असल समाज परिवर्तनको यात्रा तय गर्यौ भने अवस्य एउटा नमुना समाज निर्माण गर्न सक्छौ भन्ने उनको निचोड छ ।

कार्कीको नेतृत्वमा भएका केही कार्यहरू

स्वास्थ्यमा भएका कामहरू :
१.भिरपानी  स्वस्थ्य चौकीमा ल्याप र फार्मेसी संचालन, पक्की ल्याप र फार्मेसी र कर्मचारी आवास भवन६ कोठा एक कार्यक्रम हल भएको भवन निर्माण , चौबीसै घन्टा प्रस्तुति सेवामा विभिन्न सामाग्री तथा ब्यवस्थापनमा सुधार ।
२. भिरपानी सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण र घेरावार
३. लाप्कामा सामुदायिक स्वास्थ इकाई पहिला थिएन  म निर्वाचित पछि भवन ,शौचालय , स्वास्थ्य इकाई व्यवस्थापन गरि लाप्कामा सामुदायिक स्वास्थ इकाई संचालन सेवा दिइरहेको।

बिद्यालय
प्रगतिशील माविमा बिधालय भवन निर्माण , बिधालय नर्स ब्यवस्थापन , शिक्षक दरबन्दी बिषय शिक्षक सहित फुलफिल गरि गरि विभिन्न शैक्षिक सुधार   कार्यक्रम गरेको .
४. जखिनी स्थान आबि ५ कक्षा संचालित थियो  यसलाई  बढाएर  कक्षा ८  पढाई गर्ने पहल गरि दरबन्दी कायम गरेको , बिधालय भवन निर्माण गरेको , बिधालय घेरावार गरेको , जखिनिस्थान आवि मा ५ लाख बजेट वडाबाट राखी माछा पालान कार्यक्रम सुचारु गराएको ।
९ श्री कृष्ण आविमा ४-४ कोठे दुई पक्की भवन निर्माण ।
एक शौचालय निर्माण ।
५. जन्मभुमि र मनकामना आविलाई मर्च बीचमा ९ रोपनी १४ आना जग्गा खरिद गरि भबिश्यमा मावी सम्म पुराउने लक्ष्य राखी अहिले कक्षा ८ सम्म पठनपाठन सुचारु गरि बिषय गत शिक्षक फुलफिल गरेको । एक ४ कोठे पक्की भवन र खानेपानी ट्याकी बाल मैत्रीपुर्ण धार निर्माण गरेको ।
६. त्रिभुवन र देवी आवि बीच मर्च गरि बिचमा पहल गरेर ९ रोपनी जग्गा खरिद गरि बिधालय संचालन र बिधालय भवन , शौचालय बालमैत्री  निर्माण , एक फुलवारी बगैचा निर्माण ।
७. सुनकोशी आवि घेरावार लगाएत शैक्षिक सुधार ।
शैक्षिक सुधारका लागि साहस नेपाल लगाएत विभिन्न इनजिओ र आईइनजिओ पहल गरि शौक्षिक सुधारका लागि सहयोगमा लगाएको
कुल बिधालय भवन  ९ वटा निर्माण भएकोछ ।
शौचालय कुल  ३ वटा निर्माण

 

कार्कीको पहलमा बनेको ढुङ्गेधारा

गाउँ गाउँमा
चौतारो ६ र २ प्रतीक्षालय निर्माण सम्पन्न भएको छ ।

खानेपानीमा

भिरपानीका हाल सम्म पानी अभाव रहेको घरधुरीमा लिफ्ट खानेपानीको धारा पुराएको हालसम्म ६०६ धुरीलाई
अन्य बस्तीमा मुहानबाट पुगेसम्मका स्थानमा धारा बिस्तार , ६५ वटा ब्यक्तिगत ट्यांकी निर्माण , ठुलो खानेपानीपानी ट्यान्की ५ वटा निर्माण , पुरानो मुहान तथा धार निर्माण र संरक्षन ।

कार्कीको पहलमा बनेको पोखरी

सिँचाइमा
सिँचाइ पोखरी ४ वटा पानी भएको स्थानमा ।
लिफ्ट सिँचाइ २ स्थानमा
सिँचाइ कुलो पक्की २५ सय २७ मिटर निर्माण ।

बिद्दुत
बिद्दुत वडा भरि बिस्तार सबै बस्तीमा ९६५ घर धुरीमा शुरुमा ३० धुरी मात्र थियो ।

प्रतेक टोल बस्तीमा सडक बिस्तार ३६ वटा नयाँ ट्रयाक निर्माण र भिरपानीको ३ वटा मुख्य सडक मध्य एज पिच प्रदेशको बजेट बाट १० कि.मी. एक सडक २ किमि पिच प्रदेश को बजेटबाट पहल गरि अन्य बाकी सडक स्तरवृद्धि गरेको , सडक नाला पक्की निर्माण ४.६ किमि निर्माण ।

कृषि
भिरपानीको भौगोलिक अवस्था र हावापानी अनुसार लगाइने फलफूल विरुवा रोप्ने ११२६७ वटा विभिन्न जात जातिका ।

अन्य थुप्रै कार्यहरु गरेको छु योजना धेरै छन यि मुख्य कार्यहरू मात्र हुन्, कार्कीले भने ।

अधुरो योजना, जुन कार्य गर्दै

शिक्षामा सुधार गरि गाउँ फर्क अभियान संचालन गर्ने ।
ग्रामीण उधोग संचालन मा लाई रोजगारी सृजना गर्ने ।
सबै सडकहरु हिउँदमा र बर्षा चल्ने गरि स्तरउन्नति गर्ने ।
मुख्य सडक पिन्च गर्न पहंगरी पिन्च गर्ने ।
नागरिकको दैनिक सेवामा चुस्त र दुर्श्त सेवा प्रवाह गर्ने ।
नागरिकलाई सामाज प्रति उतरदाई बनाउने ।
सभ्य ,सुखी, समृद्धि र आत्मनिर्भर वडा ३ भिरपानी बनाउने  ।

उनले आफूले गरेका कार्यहरू र बाँकी योजना सुनाउँदै गर्दा एउटा दुखेसो पनि पोखे, कार्कीले आफ्नै वडामा रहेको करीब ४२ घर धुरीका एकीकृत नमूना माझी बस्तीका लागि जिल्लाबाट अमिनी ल्याइ उक्त समुदायका लागि जग्गा नक्साकन गरेका थिए । साथै २०७९ कोआ.व. मा वडाबाट रु. २५ लाख बिनियोजन गरी बस्ती मा घेरा बार तथा गेट निमार्ण साथै सौचालय निमार्ण को काम समेत गरे । वाग्मति प्रदेशका तत्कालीन मुख्य मन्त्री डोरमढि पौडेल, तत्कालीन प्रदेश आर्थिकमामिला तथा योजनामन्त्री कैलाश ढुङेल लगायतको उपस्थितीमा एकीकृत माझी बस्तीको उद्घाटन कार्य समेत सम्पन्न भएको थियो तर तत्कालीन एमाले प्रदेश सरकार ढल्यो र नयाँ सरकारले बजेट दिएन  । बाँकी काम रोकियो ।

उक्त बस्ती उद्घाटन समयमा हालका पालिका अध्यक्ष   ज्ञानकुमार श्रेष्ठले कालो झन्डा देखाउन खोजेको र एकीकृत नमूना माझी बस्तीलाई  श्रेष्ठले आफ्नो तर्फबाट कुनै पनि सहयोग नगरेको गुनासो कार्की पोख्छन् ।

गा.पा. अध्यक्ष ज्ञान कुमार श्रेष्ठलाई पटक पटक एकीकृत नमुना माझी बस्तीका अधुरो कार्य पुरा गर्न आग्रह गर्दासमेत गर्दा बेवास्ता गर्नुले ब्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने जग्गा मौज्दात ढिलाई भएको समेत उहाँ बताउनु हुन्छ ।

DPR बमोजिमको थुप्रै कार्य पुरा गर्न साथै  जमिनको मौज्दातको लागि पहल कदमी भई रहेको र यसलाई पूरा गर्न आफू दिन रात नभनी लागि परि रहेको उनले बताए ।

पुष्करकुमार कार्की राजनीतिमा मात्रै नभइ अन्य थुप्रै संघ संस्थाहरु पनि आबद्ध हुनुहुन्छ ! आफू भन्दा साना लाई माया गर्ने ठूलोलाई आदार सम्मान गर्ने कार्की !आफ्नै जन्मभूमिमा रहेको विद्यालय श्री जन्मभुमि विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष साथै भिरापानी स्वास्थ्य चौकी अध्यक्ष, खाँडादेवी  बचत तथा ऋण सहकारी सस्था लि. अध्यक्ष समेत हुनुहुन्छ ।

समग्रमा पालिकाभरिकै नमुना वडा बनाउन एउटा मान्छेको पहलले पनि कति फरक पर्छ वा पर्न सक्छ भन्ने उदाहरण हुन् पुष्करकुमार कार्की । उनीसँग सिक्न पर्ने र गर्नुपर्ने थुप्रै कुराहरू छन्, ती भएमा देशले मुहार फेर्न कतिनै समय लाग्थ्यो होला र? आखिर देश भनेको गाउँ गाउँ मिलेर न बनेको छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर