काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता जसपका उपेन्द्र यादव पक्षलाई दिएको छ । आयोगले सोमबार कार्यकारिणी सदस्यको सनाखत लिएको थियो । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले आयोग पुगेर सनाखत गरेका थिए ।

जसपाको ५१ कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका थिए । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए ।

आधिकारिकता पाएपछि उपेन्द्र यादवले भने, ‘जसपा पार्टीले आधिकारिकता पाएको हो, फुटेको छैन । केही व्यक्तिहरू जान सक्नुहुन्छ,’ जसपा विभाजन हुन लागेको हो भन्ने प्रश्नमा यादवको जवाफ थियो, ‘यसलाई फुट भन्न मिल्दैन । हामीहरूले पार्टीको गेटमा ताल्चा लगाएर राखेका छैनौं ।’

जसपाको संसदीय दल एक ठाउँमा रहेको भन्दै यादवले पार्टी विभाजन नहुने दाबी गरे । ‘अहिले सबै सांसद जसापाकै पक्षमा हुनुहुन्छ,’

जसपाका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए । जसपाको आधिकारिकता विवाद निरुपणका लागि योगले आवश्यक कागजातसहित आयोगमा सोमबार बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर