निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । भेटवार्ता राष्ट्रपति कार्यालय शीलतनिवासमा शुक्रबार बिहान ११ः४० देखि दिउँसो झण्डै १ः४० सम्म भएको बिशेष सुत्रले जनाएको छ ।
भेटमा के बिषयमा छलफल भयो भन्ने जानकारी आईनसके पनि ओली र राष्ट्रपति भण्डारीबीचको यो भेटवार्तालाई बिशेष रुपमा हेरिएको छ ।
सर्वोच्च अदालतको फैसला पश्चात सरकार छोडेका ओलीले आफू प्रधानमन्त्री रहेका बेला राष्ट्रपति विद्दादेवी भण्डारीसँगको मिलेमतोमा बिभिन्न बिबादास्पद अध्यादेश ल्याउने देखि प्रतिनिधीसभना पटक पटक भङ्ग गरेका कारण चर्को विरोध खेपेका थिए ।
प्रतिक्रिया
-
४