
काठमाडौँ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
नेता रावलले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
रावलले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिनुपरेको बताए ।
उनले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई मत दिने दिन आइतबार दिएका थिए ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने भन्दै राजीनामा दिएका थिए ।
उनले सभामुख सापकोटालाई राजीनामाबारे जानकारी दिइसकेका थिए ।
यद्यपि, राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए ।
प्रतिक्रिया
-
४
-
१०