काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा भएको छ । हाल भारतको एपोलो अस्पतालमा उपचाररत उनको दुवै मृगौलाले काम गर्दैन् । एमाले नेताहरूका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ ।

अर्थ मन्त्रालय एक अधिकारीका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै योे रकम निकासा भइसकेको छ । उनको उपचारका लागि निवर्तमान केपीओलीको सरकारले सम्पूर्ण खर्च वेहोर्ने निर्णय गरेको थियो । तर जानकारहरुका अनुसार यो कार्य कानुन विपरित हो ।

२ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा प्रष्टसँग लेखिएको छ कि ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन।’

कानु विपरित ओली सककारले सम्पूर्ण खर्च वेहोर्ने निर्णय गरे अनुरुपनै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि खनालको उपचार खर्चसम्बन्धी गैरकानुनी निर्णयलाई कायम राख्नुका साथै सरकारले सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर