नुवाकोट – ३० गते भएको  स्थानीय तहको निर्वाचनमा सुर्यगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर घले बिजयी भएका छन् । तेस्तै उपाध्यक्षमा मन्जु बुढाथोकी ढकालले बाजी मारिन् ।

अघिल्लो पटकझैँ यो पटक पनि कांग्रेसले विजय हाँसिल गरेको हो । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको अघिल्लो कार्यकालमा पनि उनीहरूनै निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमाले बाट राजेन्द्र रिजाल र ने.क.पा माओवादी तथा समाजवादीको  गठबन्धनबाट धुर्व अधिकारी थिए । सबैलाई पछि पार्दै घले विजयी भएका हुन् ।

५ वडा रहेको सुर्यगढी गाउँपालिकामा वडा नं १ मा ने.क.पा माओवादीबाट राजकुमार तामाङको प्यानल विजयी भएको छ । वार्ड नं २ मा नेपाली कांग्रेसबाट दिपक अधिकारीको प्यानल, वडा नं ३ मा ने.क.पा एमालेबाट पिङगल बहादुर थापामगर  प्यानल, वडा नं ४ मा नेपाली कांग्रेसबाट रामशरण राईको प्यानल र वडा नं ५मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा अच्युत राज ढकाल विजयी भएका छन् ।

वार्ड नं. ५ को  महिला सदस्यमा ने.क.पा माओवादी बाट सावित्री प्याकुरेल, दलित महिला सदस्य नेपाली कांग्रेसबाट संचिता सुनुवार र खुल्ला सदस्यमा ने.क.पा माओवादी बाट कुमार र भिमसेन तमाङ विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर