रामेछाप – नेकपा एमालेबाट निर्वाचित खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बैशाख १० मन्थलीमा एक कार्यक्रम गरेर तामाङले एमाले छोडेर नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।

उनले हिजो मात्र गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएका थिए । गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारमा गाउँपालिका उठ्ने तयारी गरेको तामाङ शनिवार एमाले छोडोर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । तामाङ नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य पनि हुन् ।

एमालेले तामाङलाई पुनः गाउँपालिका अध्यक्षमा टिकट नदिने निश्चित जस्तै भएको थियो । आज मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच एकीकृत समाजवादीका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह– इन्चार्ज होम बहादुर बुढाथोकी, प्रदेश कमिटी सदस्य रमेशबाबु श्रेष्ठसहितका नेताहरुले स्वागत गरेका थिए ।

यता एमालेले भने उनलाई पद रहुन्जेल एमाले भन्दै बस्ने र पदबिहिन हुनुपर्दा एमाले परित्याग गरेको भन्दै पद लोलुपको संज्ञा दिएको छ । स्थानिय निकायको चुनावको मुखैमा गाउँपालिका अध्यक्षनै समाजवादीमा प्रवेश गरेपछि समाजवादीका नेता होम बुढाथोकी, देवशंकर पौडेलले खुसी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर