काठमाडौँ / सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । असार २९ गतेको निर्णयअनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशतले भाडा बृद्धि गरेको यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो।

इन्धन, टायर, ब्याज, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मत, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा गाडी भाडा समायोजन गरिएको विभागले जनाएको छ । विसं २०७२ यता भाडादर नबढाइएको भन्दै सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो विभागको दावी छ ।

हेर्नुस् सूचीमा

प्रतिक्रिया

सम्बन्धित खवर