ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले कस्तुरिको बिनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका घर भएका लालबहादुर घलान र झापा गौरिगञ्जका उदयकुमार कोइराला छन् । सोमबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित बन्यजन्तुको आखेटोपहार बेचविखन गर्नेलाई ५ देखि १० वर्ष कैद र १५ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर