काठमाडौँ – नेपालमा थप २ हजार ७५ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा ७ हजार ७०३ जनाको पिसिआर र ५ हजार ३७२ जनाको एन्टेजिन विधिबाट गरी कुल १३ हजार ७५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमा पिसिआरबाट १ हजार ४२४ जना र ६५१ जनाको एन्टेजिन परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा निको हुने संक्रमितको संख्या २ हजार ३८२ रहेको छ । यससँगै निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ । त्यस्तै, हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार ४८५ रहेको छ । गत २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरणअनुसार काठमाडौँ जिल्लामा ४८३ जना, ललितपुरमा १०३ जना र भक्तपुरमा ८१ जना संक्रमित थपिएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । जसमध्ये ७१८ जना आइसियुमा, १६६ जनाको भेन्टिलेटर र ३६ हजार १५ जनाको आइसोलेसनमा र ३ हजार ३०६ जनाको आइसोलेसनमा उपाचाररत छन् भने ४२३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर