काठमाण्डौ – आज देखि नेपाल महिला संघ केन्द्रीय कार्यसमितिद्वारा आयाेजित महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ,महिला र बालबालिकामा लगानीकाे ऐक्यबद्धता’ भन्ने नाराका साथ वृहत् स्वास्थ्य शिविर नेपाल महिला संघकाे केन्द्रीय कार्यालय धापासीमा हुन गइरहेकाे छ । उक्त शिविरमा महिलाहरुकाे स्तन क्यान्सर, मधुमेहकाे जाँच तथा रक्त परीक्षण गरिने छ । साथै स्वास्थ्य समस्यामाथि सचेतना कार्यक्रम पनि गरिने घएकाे छ । करीब १५० जनाकाे स्वास्थ्य परीक्षण गर्ने लक्ष्य अनुसारकाे कार्यक्रम नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले राखेकाे छ ।
कार्यक्रमका बारेमा बाेल्दै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा रावलले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिलाहरुमा देखिने स्तन क्यान्सर र मधुमेह अत्याधिक मात्रामा बढेकाे हुनाले ग्रामीण भेगमा मात्र नभई शहरमा बसाेबास गर्ने महिलाहरुमा पनि याे ज्यादै जटील स्वास्थ्य समस्या देखिएको हुनाले नेपाल महिला संघले स्वास्थ्य सम्बन्धी वृहत् स्वास्थ्य शिविर कार्यक्रम राखेकाे कुरा बताउनु भयाे ।
प्रतिक्रिया
-
४