मंसिर, काठमाडौं ।महिनौ देखि  तलब, भत्ता तथा सेवा सुविधा नपाएको भन्दै  हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाप्राध्यापकहरु २२ कात्तिकदेखि    आन्दोलनमा  उत्रिएका छन्

प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले भदौदेखि पाउनुपर्ने तलब, भत्ता, सेवा सुविधा नपाएपछि आन्दोलनगर्नुपरेको बताए

प्राध्यापक प्रतिष्ठानको पदाधिकारीबीच पटकपटक छलफल हुँदा पनि समस्या समाधान नभएपछि २२ कात्तिकबाट पठनपाठनकोकाम रोकेको उनले जानकारी दिए अध्यक्ष सापकोटाले भने, ‘करिब महिनादेखिको हाम्रो तलब, भत्ता, सेवासुविधा रोकिएकोले बाध्यभएर हामी आन्दोलनमा छौं

बागमती प्रदेश अन्तर्गत सञ्चालित प्रतिष्ठानका पदाधिकारीले गैरजिम्मेवार जवाफ दिएको सापकोटा बताउँछन् प्रदेश गौरवकोयोजना भनेर प्रतिष्ठान स्थापना गरेर विद्यार्थीलाई अनुदानमा पढाउनुपर्छ भन्ने कुरा बिर्सन छुट ?’ उनले प्रश्न गरे

प्राध्यापक कल्याणकारी समितिले बिहीबार सात बुँदे विज्ञप्ति जारी गरी नियम अनुसार पाउनुपर्ने तलब भत्ता तथा सेवा सुविधा समयमैउपलब्ध गराउनुपर्ने प्रतिष्ठान तथा शिक्षकहरुको स्थायित्वका लागि सेवा आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन्

बिहीबार आन्दोलनरत प्राध्यापक प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच भएको छलफलपनि विना निश्कर्ष सकिएको

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले भने सहमति नजिक पुगेको बताए चिकित्सा शिक्षा आयोगको नियमानुसार स्वास्थ्यमन्त्रालयबाट भर्ना भएका विद्यार्थीको छात्रवृत्तिवापतको ७५ प्रतिशत रकम नपाउँदा प्राध्यापकलाई तलब भत्ता दिन नसकेको उनको भनाइ

प्रतिक्रिया

सम्बन्धित खवर