
काठमाडौँ । टी–२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफीब्याटिङमा ओर्लिएको ओमानले आफ्नो तेस्रो विकेट गुमाएको छ । ओमानको तेस्रो विकेट विवेक यादवले लिएका हुन् ।
उनले ओमानका ब्याट्सम्यान जिसन मक्सुदलाई पेभेलियन फर्काएका हुन् । ओमानका कप्तानसमेत रहेका जिसनलाई बिवेकले कप्तानरोहित पौडलद्वारा क्याच गराएका हुन् ।
जिसनले पेभेलियन फर्किनुअघि २६ रन बनाए । उनले १८ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । उनी आउट हुँदा ओमानले१५.२ ओभरमा एक सय ३६ रन बनाएको छ ।
प्रतिक्रिया
-
४