गुदेल माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ स्थित रहेको उक्त विद्यालयले स्थापनाको ६० बर्ष पुगेको अवसरमा हीरक महोतस्व मनाउने भएको हो ।
विद्यालयले माघ १२ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी हीरक महोत्सव मनाउन लागेको प्रधानाध्यापक लबकुमार राईले महाकुलुङ मिडीयालाई जानकारी दिए ।
महोत्सवका अवसरमा जिल्लाव्यापी माविस्तरीय छात्ररछात्रा भलिबल प्रतियोगिता, जिल्लाव्यापी माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता, आभारभूत तहस्तरीय युगल नृत्य प्रतियोगिता, जिल्लाव्यापी शिक्षकस्तरीय ब्याटमिन्टन प्रतियोगिता, खुल्ला ट्र्याक गायन प्रतियोगितालगायतका कार्यक्रमहरू आयोजना विद्यालयले जनाएको छ ।
‘महाकुलुङ गाउँपालिका ४ गुदेल जाऔँ, गुदेल माविको हीरक महोत्सव सफल पारौँ’ भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरू वरिष्ठ गायक शम्भु राई, सुनिता थेगिम, अजय अलङकार कुलुङ, राजेन्द्र केरुङ,लिला राई, मोडल मनिता राई र बिनिता राईको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
अन्य कार्यक्रमहरूमा स्मारिका विमोचन, विद्यालय गान निर्माण, विद्यालय वृत्तचित्र विमोचन, हीरक महोत्सव स्वागतद्वार निर्माणलगायत रहेका छन् ।
आयोजकले सहयोग गर्नेको नाम विद्यालयको स्मारिकादेखि शिलापत्रमा अङ्कित गर्ने जनाएको छ । ५ सयभन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको स्मारिकामा छापिने, १ हजारभन्दा बढी सहयोग गर्नेलाई कदरपत्रका साथ सम्मान गर्ने र ५,०००र( भन्दा बढी सहयोग गर्नेको नाम शिलापत्रमा छापिने आयोजकले जनाएको छ । विद्यालय वि.सं २०१९ सालमा स्थापना भएको हो ।
प्रतिक्रिया
-
४