काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भएको र चाँडै निष्कर्षमा पुग्ने जानकारी दिए।

उनले नेपाली कांग्रेस नेता एवं गठबन्धनको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको अस्वस्थताका कारण बैठक केही प्रभावित भएकाले बैठक भोलि पुनः बस्ने जानकारी दिए।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर