काठमाडौँ / खप्तडी बुढाथोकी क्षेत्री समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिमा शिवबहादुर बुढाथोकी निर्वाचित भएका छन् । गत २१ गते शनिबार सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका वडा न ( ४ भगेरीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा भक्तबहादुर बुढाक्षेत्री सचिव सुजन ब । बुढाथोकी र कोषाध्यक्ष शुबबहादुर बुढाक्षेत्रीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा गुप्तबहादुर बुढाथोकी, पृथ्वी बहादुर बुढाथोकी, गिरेन्द्रबहादुर बुढाथोकी, इन्द्र बहादुर बुढाथोकी, मनमाया बुढाथोकी, तारादेवी बुढाथोकी, मन्जु बुढाथोकी र सृजना बुढाथोकी चयन भएका छन्

जिल्लाभरि बसोबास गरि रहनु भएका कौशिक गोत्रीय खप्तडि बुढाथोकी, बुढाक्षेत्री, बि सी (बुढाथोकी क्षेत्री), बुढा लगायत ६५ जना बढी बन्धुहरूको उपस्थितिमा उक्त अधिवेशन भएको हो ।

शिवबहादुर बुढाथोकीको अधक्ष्यतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष विकेन्द्र कुमार दिप बि.सी. थिए । उनले पानसमा बत्ति बालेर उद्घाघटन गरेका थिए ।

कार्यक्रम मा प्रमुख अतिथि विकेन्द्र कुमार दिप बि सी , विशिष्ट अतिथि केन्द्रिय महासचिव डम्बरबहादुर बुढाथोकी, केन्द्रिय लेखा समिति बिपिन बुढाथोकी, केन्द्रिय कार्यालय सचिव कमल बुढाथोकी, काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष रामहरि बुढाथोकी, दोलखा जिल्ला अध्यक्ष गोबिन्द बुढाथोकी, काभ्रेपलाञ्चोक जिल्लाका निवर्तमान सचिव पदमबहादुर बुढाथोकी, दोलखा जिल्ला कार्यसमितिका सचिव रुद्रजंग बुढाथोकी, सदस्य बिजयकुमार बुढाथोकी, काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र न २ का अध्यक्ष आनन्द प्रसाद बुढाथोकी, कुल वंश खोज अभियान्ता पुष्प बुढाथोकी लगायतले संस्थाको विविध बिषयमा जानकारी सहित शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सृजना बुढाथोकीले संचालन गरेकी थिईन ।

प्रथम सत्रको समापन पछि आनन्द प्रसाद बुढाथोकी प्रमुख निर्वाचन आयुक्त, पदम बहादुर बुढाथोकी निर्वाचन आयुक्त, बिपिन बुढाथोकी निर्वाचन सचिव र रुद्रजंग बुढाथोकी माइन्युट लेखन समिति रहेको निर्वाचन समितिले विधान बमोजिम जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न गरेका थिए

नव निर्वाचित पदाधिकारी लाइ प्रमुख निर्वाचन आयुक्त्त आनन्द प्रसाद बुढाथोकीले बिधान बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने प्रमाण पत्र विशिष्ट अतिथि केन्द्रिय महासचिव डम्बर बहादुर बुढाथोकी, अतिथि गोबिन्द बुढाथोकी, रुद्रजंग बुढाथोकी लगायतले वितरण गरेका थिए ।

अधिवेशनबाट सल्लाहकार समितिमा प्रमुख सल्लाहकार हरिबहादुर बुढाथोकी, सल्लाहकारमा गणेशबहादुर बुढाथोकी र सल्लाहकारमा रुद्रबहादुर बुढाथोकी लेखा समितिमा संयोजकमा पदमबहादुर बुढाथोकी, सदस्य धर्मराज बुढाथोकी र राजन बुढाथोकी निर्वाचित भएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर