जीवन खत्री – रामेछाप खाँडादेवी वार्ड नं. ६ माकादुमको अध्यक्षमा कांग्रेसका नारायण कार्की सहित प्यानलै निर्वाचित भएका छन् । निर्वाचित नारायण कार्कीले ७०४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी एमालेका गोपाल कार्कीले ५७७ मत प्राप्त गरेका थिए ।

तेस्तै वार्ड सदस्यमा मिलन खत्री, कुशल खत्री महिला सदस्यमा कुसुम तामाङ र दलित सदस्यमा कल्पना नेपाली निर्वाचित भएका छन् ।

झण्डै २५ वर्ष अघिको बिरासत फर्काउन सकेको भन्दै कांग्रेसीजन खुसी भएका छन् । यसअघिका नेकपा एमालेले विजय हासिल गरेको थियो ।

खाँडादेवी गाउँपालिकामा ९ वडा मध्ये कांग्रेसका तर्फबाट वार्ड नं ६ माकादुममा प्यानलै विजयी भएको हो भने वार्ड नं १ मा माओवादी केन्द्र र बाँकी सबै वार्डमा एमालेले विजय हाँसिल गरेको छ ।

तेस्तै पालिका अध्यक्षमा एमालेको तर्फबाट ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेबाटै रमा घिसिङ बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर