– पूजा जिज्ञासु

गजल १
नगर्दाखेरी तिमीले जतन,आफ्नो।
मारेको हो जिन्दगीले मन,आफ्नो।

हाँगाबाट खसेको पात भुइँमै सुक्यो,
दु:ख पर्दा कोही पनि हुन्नन्,आफ्नो।

तिमीले ती सिन्दुर चुरा टिका नदिँदैमा
मैले कहाँ किनिहाल्छु र कफन आफ्नो

किन मेरै मन सङ्ग खेलिरहनुभएको?
छैन र तपाईँको घरमा आँगन,आफ्नो?

लड्दा पनि कोही उठाउनसम्म आएन,
कस्का लागी छिनायौ त गर्दन,आफ्नो?

म तिमीलाई कसरी आफ्नो मानेर बसूँ?
आफ्नै हो जस्तो लाग्दैन जीवन,आफ्नो।

गजल २,
हिँड,भनेकै त हो बारबार अवसर दिन्न भनेर।
किन बुझेनौ? समयले पर्खिँदै पर्खिन्न भनेर ?

हिलोमा फुलेको कमल हुँ,थाहा छ मलाई पनि,
ओभाना पैतालाहरुले म कुल्चिन्न भनेर।।।

जति पल्ट उभिन्छु, त्यति पल्ट लडाइरहन्छन्,
अब त सोँचेको छु कसैको सामु उभिन्न भनेर।

प्रेम छाता हो जीवनको घाम पानी छेक्छ सोचेँ,
सोचिनँ,आँधी हुरी आयो भने छेकिन्न भनेर।।

अब छोरो ठूलो भयो, सहर पस्यो, हेर त कान्छी,
सोँच्दै छ होला मलाई बा-आमा चाहिन्न भनेर।

***

प्रतिक्रिया

सम्बन्धित खवर