काठमाडौं, विषाक्त मदिरा पिउँदा बाग्लुङमा चार जनाको मृत्यु भएको छ । बिषाक्त मदिरा पिएकै कारण दुई जना गम्भीर बिरामी परेका छन् ।
मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । तेस्तै मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू बाग्लुङ जिल्ला गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने कामदार भऐको बताईएको छ । उनीहरुले सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका थिए । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
-
४