फिलिपिन्स- फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ११५ पुगेको सरकारी अधिकारीहरुले  जनाएका छन्।

उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन्।

यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजारलाई विस्थापित भएका छन्।

कैयौ मानिसहरु अझै हराइरहेका छन्। हराइरहेका ती मानिसहरु मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर