समय वित्दै जाँदा सम्बन्ध निरस बन्दै जान्छ । सानो–सानो कुरा ठूलो झगडाको कारण बन्न सक्छ । यसबारेमा हामी ध्यान दिदैंनौँ । यदी तपाईंलाई यस्तो केही समस्याले तनाव दिइरहेको छ भने यी पाँच उपाय अपनाउनस् । जसले तपाईको र तपाईको पार्टनरको सम्बन्ध बलियो बनाउन कोशेढुङ्गाको काम गर्दछ ।
आफैँलाई प्रेम गर्नुस्
जुनसुकै अवस्थामा पनि यो उपाय उपयोगी सिद्ध हुनेछ । तपाई आफू खुशी हुनुहुन्छ भने तपाईको मन खुशी छ भने मात्रै तपाईले आफ्नो साथीकोलाई खुशी राख्न सक्नुहुन्छ । खुशी भएको मान्छे हर कोहीलाई मन पर्छ यसकारण पहिले आफू खुशी हुन सिक्नुहोस् ।
सुख–दुःख बाड्ने
श्रीमान–श्रीमतीको सम्बन्धमा मात्रै होइन हरेक सम्बन्धमा आफ्नो सुख–दुःख बाड्नु आवश्यक छ । सम्बन्ध कुनै पनि होस् त्यसमा एक अर्कामा मनको कुरा राख्ने वातावरण कायम हुनुपर्छ । आफ्नो हर दुःख, पीर आफ्नो साथीलाई भन्नुस् यसले सम्बन्धमा विश्वासको साथै प्रेमलाई गाढा बनाउन भूमिका खेल्छ ।
सम्बन्धमा इमान्दार हुनुस्
इमान्दारिताले हरेक सम्बन्ध मजवुत हुन्छ । यसको कारण सम्बन्धमा विश्वास कायम रहन्छ । कहिल्यै पनि आफ्नो पार्टनरसँग केहि पनि नलुकाउनुहोस् । सानो गल्तीले तपाईको पार्टनर टाढिन सक्छ ।
पार्टनरलाई सम्झनुस्
जतिसुकै नजिकको सुमधुर सम्बन्ध नै किन नहोस् हरेक पार्टनर वा साथीले आफ्नो भूमिका खोज्छ । यो कुरा तपाईले विर्सनु हुँदैन । जहिले पनि आफ्नो पार्टनर आफ्नो लागि महत्वपूर्ण छ भन्ने कुराको आभास उसलाई दिलाउनुपर्छ । यदि तपाई हरेक कुरामा पार्टनरलाई दिक्क बनाउनुहुन्छ भने यसले सम्बन्धमा चिसोपना ल्याउँछ ।
गल्तीलाई माफ गर्नुहोस्
तपाईले सुन्नु भएको होला माफी दिने मान्छे ठूलो हुन्छ । यहि नियम हरेक सम्बन्धमा लागू हुन्छ । यसकारण तपाईले सम्बन्ध मजबुत बनाउनको लागि माफी माग्न र माफी दिन दुबै सिक्नुपर्छ । आफूले गरेको गल्तीमा माफी माग्न बिल्कुल हिच्किचाउनु हुँदैन । पार्टनरको गल्ती गरेर माफी मागे पनि माफी दिन सक्नुपर्दछ । एजेन्सी
प्रतिक्रिया
-
४