एक सफल विवाहको सपना हरेक जोडीले देख्छन् । तर कहिलकाही जानी–जानी वा नजानेर यस्तो गल्ती हुन पुग्छ कि हाम्रो गल्ती एक पलमै टुट्न पुग्छ ।

एक सफल बिवाहले मात्रै तपाईको जिन्दगीसँग जोडिएको सबै नाता सम्बन्धलाई पूर्ण र सुमधुर बनाउँछ । हुनसक्छ बैवाहिक जिन्दगीमा हमेशा समधुर र खुशी राम्रो बनाउन सजिलो काम होइन । यसका लागि पुरुषले सम्बन्धमा टकराव ल्याउने आफ्नो पाँच आदत परिवर्तन गर्नुपर्दछ । ती पाँच बानी व्यवहार यस्ता छन् :

समयको ख्याल गर्नुहोस्

बिवाहभन्दा पहिला आफ्नो साथीहरुसँग घण्टौँ समय बिताउने भए पनि बिवाहपछि भने यो कुरा श्रीमतीलाई मन नपर्न सक्छ । यसकारण बिवाहपछि आफ्नो समय व्यवस्थापन गर्नुहोस् । साथीको लागि समय निकाल्दा श्रीमतीलाई पनि महत्वपूर्ण समय दिनुहोस् ।

घरको काममा सहयोग गर्नुहोस्

घरमा सबै कामको जिम्मेवारी श्रीमतीलाई दिदाँ हुनसक्छ तपाई उनको लागि समय निकाल्न सक्नुहुन्न । यस्तोमा आफ्नो सम्बन्धलाई केहि रोमान्टिक र मजबुत बनाउनको लागि केहि उदार बनेर श्रीमतीलाई किचनमा सहयोग गर्नुहोस् । तपाईले यसो गर्दा श्रीमतीले तपाईलाई अझ बढी इज्जत गर्नेछिन् ।

तारिफ गर्नु नबिर्सनुहोस्

बिवाहपछि विशेषगरी पुरुषहरु आफ्नी श्रीमतीको तारिफ गर्न छोड्छन् । जसकारण सम्बन्धमा दिक्क लाग्दो बन्न पुग्छ । यस्तोमा आफ्नो जीवनसाथीलाई खास महसुस गराउन मौका पाउन साथ उनको तारिफमा केहि शब्द खर्चनुहोस् । यसले तपाईको श्रीमतीलाई राम्री छु भन्ने महसुस हुन्छ र आत्मविश्वासमा पनि वृद्धि हुन्छ । श्रीमतीलाई आफूतर्फ आकर्षित गर्नुहोस् बिवाहको अर्थ यो होइन कि आफ्नो जीवनसाथीलाई आकर्षित नै गर्नुपर्दैन ।

प्रेममा जस्तो रोमान्स बनाउनको लागि बिवाहपछि पनि समय–समयमा आफ्नो जीवनसाथीलाई स्पेशल महसुस गराउनुहोस् । कहिले उनको लागि कुर्सी तानिदिने त कहिले कारको ढोका खोलिदिने नै किन नहोस् । यसले तपाइकी श्रीमतीले तपाईले सदावहार प्रेम गर्नुहुनेछ भनेर विश्वास गर्छिन् ।

अरुको इज्जत गर्नुहोस

कति पुरुषलाई लाग्न सक्छ आफ्नो निर्णयमा मात्रै सही छ । सही होस् या गलत श्रीमती हुनुको नाताले आफ्नो हरेक कुरा श्रीमतीले मान्नुपर्छ । यस्ता पुरुषहरु जीवनसँग जोडिएका हरेक निर्णीय आफैँ लिन चाहान्छन् । जीवनसाथीको विचारलाई सम्मान गर्न उनको दैनिकीमा हुँदैन । यदी तपाई यसो गर्नुहुन्छ भने याद गर्नुहोस् तपाईको यो बानी श्रीमतीले नजरअन्दाज गरे पनि यसले तपाईको सम्बन्ध लामो समय टिक्नमा भने बाधा पुर्याउँछ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर