जग्गी वासुदेव` सद्गुरु´ भारतीय योगी, रहस्यवादी, कवि र `न्यु योर्क टाइम्सको´ लेखक हुन्। उनको जन्म सन १९५७ सेप्टेम्बर ३ मा, भारतको मैसूरमा भएको हो। वाल्यकाल देखि नै वासुदेव अन्य बच्चाहरू भन्दा भिन्न स्वभावका थिए। तेह्र वर्षको अल्पआयुमै योगिक अध्ययन, ध्यान र आसन सुरु गरेका थिए । उनले पच्चिस वर्षको उमेरमा चामण्डी पर्वत चढेर विशाल पत्थरमा तपस्या गर्न थाले । ६ हप्ताको तपस्या पश्चात् उनलाई आध्यात्मिक अनुभव भयो।त्यसपश्चात् उनले व्यवसाय छोडेर संसारभरि आध्यात्मिक अनुभव बाड्न यात्रा गर्न थाले। उनले खोलेको ईशा फाउन्डेसन भारत, युके, युएस, लेवनान, सिंगापुर, क्यानडा, मलेसिया, युगाण्डा, चाइना,अष्ट्रेलिया र नेपालमा स्थापित छन्। ईशा फाउन्डेसन मार्फत समाजिक र सामुदायिक विकासको कार्यक्रम आयोजना गरिन्छ। किसान, कृषि र शिक्षाको लागि अत्याथिक खर्च गरिन्छ। उनको त्याग र लगन देखेर युनाइटेड नेसनले आर्थिक सहयोग र समाजिक काउन्सिलमा विशेष दर्जा दिएको छ। उनलाई इन्दिरा गान्धी पर्यावरण पुरस्कार र पद्द्म भूषण पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

आउनुहोस् आजको विवेक क्याप्सुल स्तम्भमा अहिलेको समयका बहुचर्चित अध्यात्मिक तथा दार्शनिक व्यक्तित्व सद्गुरुको अनमोल विचारहरूमा विचरण गरौँ ।

—–

हामीलाई हिन्दु, मुसलमान, क्रिश्चियन, बुद्धिष्ट चाहिएको छैन्। हामीलाई कृष्ण, बुद्ध, जिसस, मोहम्मद चाहिएको छ।अनि मात्र असल परिवर्तन सम्भव छ। प्रत्येक मनुष्यमा त्यो बन्न सक्ने आन्तरिक क्षमता हुन्छ।

***

वृक्ष प्राणवायुको स्रोत हो, त्यसलाई काट्नु भनेको आफ्नै जीवनलाई काट्नु सरह हो।

***

जब कोही आवश्यकता भन्दा बढि खान्छ र कोहि भोकै बस्छ भने त्यसलाई अनर्थ भन्छु म ।

***

अस्तित्वको सर्वश्रेष्ठ स्रोत चेतना हो। त्यो चेतना तिमी हौ ।

***

अविश्वसनीय कुराहरूलाई सजिलै पार लगाउन सकिन्छ यदि तिमीमा त्यस कुरालाई गर्ने प्रतिवद्धता छ भने।

***

कुण्ठा, निराशा र उदासीको मतलब तिमी आफ्नै विरुद्ध जानु हो।

***

आध्यात्मिकको अर्थ हो – क्रमिक विकासको प्रक्रियालाई फास्ट फरवार्ड मोडमा लैजानु।

***

तिम्रो प्रायजसो निर्णयहरू आफ्नो हुँदैन, तिमीले त्यसलाई समाजिक परिवेशबाट टिपेर प्रयोग गरेका हुन्छौं ।

***

जिम्मेवारीको मतलब आइपर्ने सबै समस्याको र परिस्थितिको सामना गर्न सक्षम हुनु हो ।

***

कुनै पनि काम तनावपूर्ण हुँदैन्। शरीर, मन र भावनाको प्रवन्धन गर्न नसक्नुले नै तनावपूर्ण बनाउँछ।

***

आध्यात्मिकता विशेष बन्नु होइन। यो हरेक कुरासँग एक हुने कला हो।

***

कुनै पनि व्यक्ति एक-अर्कासँग बराबर हुदैनन् । त्यसैले कसैको कसैसँग पनि तुलना गर्न सकिदैन्। तिमीले मात्र समान अवसर दिन सक्छौ ।

***

जीवन तिम्रो बाहिर छैन्, तिमी जीवन हौ।

***

योग भनेको सीमितलाई असीमितसँग जोड्नु हो।

***

सर्पलाई अरू जीव भन्दा बढि आफ्नो वरिपरिको घटनाको जानकारी हुन्छ किनभने सर्पको कान हुँदैन; कुनै पनि गफगाफ सुन्नको लागि- मात्र प्रत्यक्ष अनुभूति हुन्छ।

***

तिम्रो लक्ष्य जे भएपनि, जबसम्म तिमीले त्यसलाई शिघ्र प्राप्त गर्ने तत्परता देखाउँछौ भने लक्ष्य नजिकै आएर पनि दूर भाग्नेछ।

***

प्रत्येक श्वास लिँदा तिमी मृत्युको नजिक पुग्छौ तर यो पनि हो कि प्रत्येक श्वासमा तिमी मुक्तिको नजिक पनि पुगेको हुन्छौ।

***

जे पनि हुन्छ अन्त्यमा जीवन आफैले सहि बनाउँछ।

***

अध्यात्म कुनै विकलागंता होइन- यो जीवनको एउटा अभूतपूर्व सशक्तीकरण हो।

***

यो ग्रहमा हरेक प्राणी सर्वश्रेष्ठ कार्य गर्दैछन्, मात्र मानिसले यसो गर्न संकोच मानिरहेका छन्।

***

मृत्यु खतरनाक हुँदैन बरु अत्याधिक जन्म खतरनाक हो।

***

यदि तिमी कुनै पनि कारखाना, व्यसाय र देश चलाउँदै छौ भने तीनकुराको आवश्यकता पर्दछ: अन्तरदृष्टि, इमानदारीता र प्रेरणा।

***

“म तिमीलाई परिवर्तन गर्न चाहन्छु” यो क्रान्ति होइन,
“म परिवर्तन हुन चाहन्छु” यो क्रान्ति हो।

***

जतिबेला तिमी आफ्नो वरिपरिको जीवनको प्रवाह नगरी कार्य गर्छौ, तिमी अपराधी हौ।

***

कति सुन्दर हुन्थ्यो, यदि यो दुनियाँलाई केटाकेटीले चलाएको भए किनकि उनीहरू ठूलाबडाको तुलनामा जीवनको निकै नजिक हुन्छन् ।

***

जे तिमी बनाउन सक्छौ, त्यो पहिल्यै शृष्टिले बनाइसकेको छ। मानिस भएकोले हामीले त्यसको नक्कल गर्न मात्र सक्छौँ, बनाउन सक्दैनौँ।

***

संकलन – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर