
काठमाडौँ – आज जनै पूर्णिमाका दिन विभिन्न ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।
यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने बताइन्छ ।
यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ। अंकुरित गुडागुडी जनैपूर्णिमा मात्र होइन अघिपछि पनि खान सकिन्छ। बढ्दो उमेरका केटाकेटी र बुढाबुढीलाई थप पौष्टिक तत्वको आवश्यकता बढी हुन्छ।
क्वाँटीलाई हाइजेनिक तरिकारले पकाएर खाएमा सबै उमेर समूहका व्यक्तिलाई फाइदा हुने डाक्टरहरु बताउँछन् ।
मासु र क्वाँटीसँगै खाँदा उच्च प्रोटिनको मात्रा बढी हुने भएकाले यसबाट फुड प्वाइजन हुने सम्भावना बढी हुन्छ ।
क्वाँटी पौष्टक तत्वको खानी हो। यसमा प्रशस्त मात्रामा भिटामिन, क्याल्सियम र मिनरल्स रहेको हुन्छ। त्यसैले यो सबै उमेर समूहका व्यक्तिलाईलाई फाइदाजनक छ।
यसको नियमित सेवनबाट रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ। यसले एसिडिटी तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट छुटकरा गराउँछ। शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गर्छ। त्यसैले क्वाँटी जनैपूर्णिमामा मात्रै होइन हरेक दिन खानु आवश्यक छ।
क्वाँटीका फाइदाहरू
– कब्जियतको समस्या हटाउँछ,
– मधुमेह तथा पायल भएका मानिसलाई फाइदा गर्छ,
– बुढ्यौ हुनेबाट जोगाउँछ,
– तुरुन्तै शक्ति दिन्छ,
– रोग प्रतिरोधात्मक शक्ति बढाउँछ,
– स्मरणशक्ति बढाउँछ,
– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ,
– पाचनशक्तिमा सुधार ल्याउँछ,
– सौन्दर्यमा निखार ल्याउँछ।
प्रतिक्रिया
-
४