सिद्धार्थ गौतम बुद्ध धर्मका प्रणेता हुन् । बौद्ध परम्पराले उनलाई एक सम्यक सम्बुद्धको रूपमा मान्दछ। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।

सिद्धार्थ गौतमको जन्म र मृत्यु कहिले भयो भन्ने एकिन नभए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । सिद्धार्थ गौतमको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो ।

पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको बीचमा रहेको मानिएको छ ।

उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए तर पनि उनी सदा संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्षमुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए।

उनै सिद्धार्थ गौतमका १० महत्वपूर्ण उपदेशहरू यस्तो छ :

१. भुतकालमा नअल्झ, भविष्यको सपनामा नहराउ। वर्तमानमा ध्यान देउ । यही खुशी रहने बाटो हो।

२. तिम्रो क्रोधको लागि कसैले सजाय दिँदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजाय मिल्छ।

३. तीन चिज कहिल्यै लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य।

४. सङ्कोच र शङ्काको बानी भन्दा भयानक अर्को हुँदैन। शङ्काले मानिसलाई अलग गर्दछ र मित्रता तोड्छ।

५. हजारौं लडाइँ जित्नु भन्दा राम्रो यो हो कि तिमी आफुमाथि विजय प्राप्त गर। अनि जित सदैव तिम्रो हुनेछ।

६. लक्ष्यमा पुग्नु भन्दा महत्त्वपूर्ण लक्ष्यसम्मको यात्रा राम्रोसँग गर्नु हुन्छ। हजारौं शब्दभन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति ल्याउँछ।

७. घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन। घृणालाई केवल प्रेमले मात्र समाप्त गर्न सक्दछ। यो एक प्राकृतिक सत्य हो।

८. एक बलिरहेको दिपकबाट हजारौँ बत्ति बाल्न सकिन्छ, तर पनि सो दिपकको प्रकाश कम हुँदैन। यसैगरी खुशी बाड्नाले बढ्छ,कम हुँदैन।

९. सत्यको मार्गमा हिड्ने मानिसले केवल दुई गल्ती गर्न सक्छ, पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु।

१०. क्रोधित रहनु, जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथि फ्याक्ने इच्छाले समातेर बस्नु समान हो । यसले स्वयम आफुलाई नै जलाउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर