विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिनक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने ।
२ अक्टोबर १८६९ (३ जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए।
उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्।
अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रसङ्घले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।
उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिन्छ । दोस्रो विश्वयुद्धको चपेटाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने उनले प्रमाणित गरे । उनी सफल रहे । उनको जन्म २ अक्टोवर सन् १८६९ मा भएको थियो भने उनको मृत्यु ३० जनवरी सन् १९४८ मा भएको थियो ।
पढ्नुहोस् उनको प्रेरक भनाईहरू
१. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ।
२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
३. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमा दिनु ठूलो मान्छेको गुण हो ।
४. पुस्तक र मोतीमा यति मात्र फरक छ । मोती बाहिर चम्किन्छ अनि पुस्तक अन्तस्करणमा ।
५. तिमी यसरी सिक कि तिमी सधैँभरी बाँच्दछौ । तर तिमी यसरी बाँच कि तिम्रो मृत्यु भोली नै हुँदैछ ।
६. संसारलाई परिवर्तित भएको देख्न चाहानेले पहिला आफू परितर्न हुन सिक ।
७. यदि तिमी विश्वमा शान्ती चाहन्छौ भने आफ्नैै बच्चाहरुबाट शुरुवात गर ।
८. तिमीले आज गरेको काममा नै तिम्रो भविष्य अडिएको हुन्छ ।
९. तैले मेरो आँखा फोडिस्, म तेरो फोड्छु भन्ने हो भने संसार अन्धो हुन्छ ।
१०. यदि सफल जीवन जिउँनुछ भने सफलताको भावनालाई त्याग्नुपर्छ ।
११. जब झुसिल्कीराले अब संसार सकिँदैछ भन्ने सोच्छ तब उ सुन्दर पुतलीमा परिणत हुन्छ ।
१२. आवाजलाई नबढाउ बरु आफ्नो तर्कलाई सुधार ।
प्रतिक्रिया
-
४