साहित्यमा कलम चलाइरहेका घायल श्री हाल दोस्रो स्थानीय तहको निर्वाचन २०७९मा नेपाल कमिन्युष्ट पार्टी एकीकृत समाजवादि पार्टीको फलेवास नगरपालिका वडा नं–४ ,मुडिकुवा पर्वतका वडा अध्यक्ष पदका उम्मेदवार लोकनाथ भुसालसँग समसामयिक रूपमा गरिएको कुराकानी
तपाईं साहित्यमा सक्रिय मान्छे राजनीतिमा किन आउनु भो ?
साहित्यले राजनीतिलाई चलाउने गर्दछ । बिपी कोइराला पनि पहिले साहित्यकार हुनुहुन्थ्यो अनि मात्र राजनीतिज्ञ । कोइरालाई साहित्यले सफल राजनितिज्ञ बनाएको हो । साहित्यमा कोरिने शब्दहरू समाजमा उतार्नका लागि नै म राजनीतिमा आएको हुँ ।
तपाईंले चुनाव जित्नु भो भने साहित्य क्षेत्रमा के गर्ने सोच छ ?
मैले चुनाव जितेको खण्डमा कुनै पनि साहित्यकार अपमानित हुनुपर्ने छैन । व्यर्थै साहित्यमा लागे भनेर निराशा हुनुपर्ने छैन । साहित्य सिर्जना गर्ने उपयुक्त वातावरण बनाउने छु भने साहित्यकारहरुको सम्मान र साहित्यकारको परिचय पत्र दिलाएर गर्व गर्ने वातावरण बनाउनेछु ।
स्थानीय चुनाव मुखैमा आयो । यहाँ वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । तयारी कस्तो छ ? जित्नुहुन्छ ?
तयारी राम्रो छ । मसँग समाजलाई नजिकबाट बुझेका बौद्धिक वर्गहरू हुनुहुन्छ । युवा साथीहरूको साथ र सहयोगले उत्तिकै उत्साहित हुँदै गएको छु । मजदुर, किसान, महिला, दलित, उत्पीडित, लैङ्गिक, बिपन्न, विद्यार्थी, धर्म र सांस्कृतिक सम्पदाहरुका मुद्दा उठाएकै कारण म लगभग जितको नजिक पुगेको छु ।
टिकट पाउन पैसा लाखौँ बगाउनु पर्छ भन्छन्, साँच्चै हो ? तपाईँले पनि टिकट पाउन पैसा खर्च गर्नु पर्यो कि ?
पहिले म पनि यही सुन्थें कि राजनीतिमा अगाडि आउनका लागि पैसा लगानी गर्नुपर्छ । तर अहिलेसम्म मैले राजनीतिकै लागि भनेर आफ्नो समय बाहेक कुनै पनि किसिमको लगानी गरेको छैन ।
के कारणले उम्मेदवारी दिनुभयो । यो पदको लागि आफू योग्य छु भन्ने आधारहरू के के छन् तपाईँसँग ?
पहिलो कुरा राजनीतिलाई पेसा बनाउनेहरूलाई ‘राजनीति पेसा होइन सेवा हो’ भन्ने अनुभूति दिलाउनका लागि नै मेरो उम्मेदवारी हो । दोस्रो कुरा युवाहरु अगाडि आउनुपर्छ भन्ने सोच र हिम्मतका कारण नै म राजनीतिमा आएको हुँ । तेस्रो कुरा मजदुर, किसान, महिला, दलित, उत्पीडित, लैङ्गिक, बिपन्न, विद्यार्थी, धर्म र सांस्कृतिक सम्पदाहरुका मुद्दाहरू सम्बोधन गर्नका लागि नै म राजनीतिमा आएको हुँ ।
सामाजिक, साहित्य र पत्रकारिता क्षेत्रबाट आएको ब्यक्ति भएका कारण पनि राजनीतिको यो पदमा बसेर काम गर्नका लागि आफूलाई योग्य सम्झेको छु ।
यहाँको चुनावी एजेन्डा के के छन् ? तपाईँले जित्नु भएमा वार्डको लागि के तेस्तो काम गर्नुहुनेछ जो अरुले गरेनन् ?
मैले जितेको खण्डमा वाडका लागि गर्नुपर्ने कामहरू धेरै छन् ।
१. हरेक युवाहरुलाई निःशुल्क सीपमूलक तालिम दिने ।
२. घाटको ब्यवस्थापन गर्दै दाहसंस्कारका लागि दाउरा निस्शुल्क उपलब्ध गराउने ।
३. सुत्केरी महिलालाई सुत्केरी भत्ता र मृतकका परिवारलाई दाहसंस्कारका लागि सहयोग गर्ने ।
४. अपाङ्ग, अशक्तहरुलाई वाडको सहयोगमा निःशुल्क शिक्षा दिने ।
५. मद्यपान तथा धुम्रपानको ब्यवस्थापन गर्ने ।
६. स्वास्थ्य चौकीमा भरपुर औषधि र स्वास्थ्य स्वयम सेवकहरुद्वारा घरघरमा गएर मासिक स्वास्थ्य परीक्षण गर्ने ।
७. बृक्षारोपण तथा प्रकृति संरक्षणमा भरपुर लगानी गर्ने ।
८. आधुनिक पुस्तकालय बनाउने ।
९. खेल, कला तथा साहित्यतर्फ आकर्षित गराउन त्यस सम्बन्धि निस्शुल्क तालिम, कोष स्थापना, सम्मान तथा परिचयपत्रको ब्यवस्था ।
१०. मुडिकुवालाई वाईफाई फ्रि जोन बनाउने ।
११. पार्क निर्माण गर्ने ।
१२. बौद्धिक ब्यक्ति, कवि, लेखक तथा पत्रकारहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने ।
१३. सरकारी भवनहरुका भित्ताहरु कलाले सजाउनु पर्ने प्रावधान राख्ने ।
१४. स्थानीय उद्योग धन्दा तथा घरेलु ब्यवसायहरुलाई प्राथमिकता दिने ।
१५. बृद्ध बा, आमाहरुलाई भजन, किर्तन भवन निर्माण गर्ने ।
१६. ३० युनिटसम्म निःशुल्क विद्युत प्रयोगको ब्यवस्था मिलाउने ।
१७. आमा समूहहरुलाई लक्षित गरि स्वरोजगारी मुलक तालिमको ब्यवस्था गर्ने ।
१८. ६० बर्स माथिका हरेक नागरिकलाई द्वेमासिक रुपमा ग्यास उपलब्ध गराउने ।
१९. वाल उद्यान र जेष्ठ चौपारी निर्माण गर्ने।
२०. वाडभित्रका सम्पदाहरु (मठ/मन्दिर, तलाउ, गुफा, चौतारी तथा धार्मिक स्थलहरुको प्रचार, सम्बर्द्धन र संरक्षण गर्दै) व्यापक प्रचारप्रसार गर्ने ।
२१. अतिविपन्न परिचय पत्र वितरण गरेर खानेपानी, स्वास्थ, शिक्षा र सिपमुलक तालिमहरुमा लगानी गर्ने ।
२२. प्राविधिक शिक्षा सञ्चालन गर्ने ।
२३. मजदुर तथा कृषक सहायता कोष निर्माण गरेर कृषि क्षेत्रमा भरपुर लगानी गर्ने ।
२४. सुविधा सम्पन्न वहुउद्देश्यीय खेल मैदान बनाउने।
२५. कार्यालयमा सजिलोसँग जनताका काम हुने वातावरण बनाउने ।
हरेक नागरिकको निःशुल्क शिक्षा र स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिनका लागि दवाब दिने ।
चुनावी एजेन्डाहरू त हरेक उम्मेदवारको राम्रा नै हुन्छन् । मतदातालाई यस्तो लागिसक्यो कि, यी सब भ्रामक कुरा हुन्, चुनाव जित्ने दाउ मात्र हो । मतदाताको यो कुरालाई कसरी चिर्नुहुन्छ ? एजेन्डा पूरा गर्न सक्ने आधार के के हुन् ?
म समाजका समस्याहरू नजिकबाट बुझेर नै राजनीतिमा आएको व्यक्ति हुँ । र अर्को कुरा धर्म, संस्कार र संस्कृतिमा आस्था राख्ने स्वभाव भएकै कारण ढाट्नु र झुटो बोल्नु पाप ठहर्छ भन्ने मान्यता बोक्ने ब्यक्ति भएकै कारण पनि यी एजेन्डा पूरा गर्न सक्छु भन्ने स्वभावकै कारण जसरी पनि यी एजेन्डा पूरा गर्न सक्छु भन्ने लाग्दछ ।
चुनावअघि गरेका वाचा पुरा नगर्ने, भोट माग्दा नमस्कार गर्ने हातहरू काम पर्दा फोन समेत नउठाउने जस्ता गुनासा जताततै सुनिन्छ चुनावपछि । तपाईँले कसरी आश्वस्त पार्नुहुन्छ आफ्ना मतदातालाई ?
म बोल्न भन्दा पनि काम गर्नका लागि आएका हुँ । युवा पुस्ता उर्जाशील भएको त्यही उर्जा समाज रुपान्तरण प्रयोगमा उतार्नका लागि पनि हामी नेतृत्वमा पुग्नुपर्छ ।
तल्लो तहमा पनि भ्रष्टाचारले जरा गाडेका कारण ग्रामिण विकास कछुवाजस्तै गतिमा छ । भ्रष्टाचार शून्यमा झार्न के गर्नुहुन्छ ? आजका वाचा भुलेर तपाईँनै भोलि मुछिनु भयो भने ?
मेरो पहिलो प्राथमिकता भनेको सुशासन हुनेछ । भ्रष्टाचार रहित समाज र देश निर्माणमा मेरो अहम् भूमिका रहनेछ । देश बनाउन हिँडेको कर्तव्यनिष्ठ सिपाही भएका कारण आफ्नो कर्तव्यबाट पछाडि हट्नेछैन ।
अन्त्यमा आफ्ना मतदातालाई केही भन्नुछ ?
आफ्ना विचारहरु राख्न दिनुभएकोमा यहाँ लगायत यहाँको टिमलाई धेरैधेरै धन्यवाद । तपाइँको एक मतले मेरो विजय सुनिश्चित भएका कारण आफ्नो मत दिएर विजयी गराइदिनुहुन विनम्र अनुरोध छ ।
प्रतिक्रिया
-
४