काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५)अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया
-
४