एलबी क्षेत्री
त्यस दिन क्याप्टेन जसपालराठोर मलाई भेट्न आएका थिए, म सर्जिकल वार्ड बेड नम्बर १३ मा थिए, ढोकाबाट पस्दै उनले एक जना सैनिकको खुट्टाको ड्रेसिङ्ग गर्दै गरेकी नर्सलार्इ सोधे “ह्वेयर इज छेत्री, ५६ फिल्ड रेजिमेन्ट ?”
मैले उसको आवाज चिने र आफ्नो बेडबाट ओर्लिदै भने – “मै यहाँ हुँ सर”
मेरो देउरे हातको चोर औंलोमा सानो फ्र्याक्चर थियो, कारण, कोर्ट मार्शलु च्याप्टरमा नै भनेको छु, पाँच दिन पछि अप्रेसन थियो, मेरो टेबलमा राखेको शेक्सपियरको नाटक ‘ओथेलो’ उचाल्दै उसले भन्यो – “अबे गोर्खे अँगुली मे मामुली सा चोट और हस्पिटलमे मौज ? जल्दी जल्दी आ जावो अफिस मे बहोत काम पेंडीङ्गहो गया है ।”
मेरो अनुहार रातो भयो, असहज महसूस गरें, हीनता बोध भयो, मुखबाट अचानक निस्क्यो – “विल यु प्लिज माइन्ड योर ल्याङ्ग्वेज क्याप्टेन जसपाल ?” एक छिन रोकिएर भने – “पाँच दिन बाद मेरे उँगलीका अपरेसन है ।”
ऊ केही बोलेन, यस पटक रातो हुने पालो उसको अनुहारको थियो, सर्जिकल वार्डका नर्सहरूले उसले र मैले बोलेको सुनेका थिए, “सरि, मै फिर आउँगा” भनेर ऊ वार्डबाट बाहिरियो । म खाटमा पल्टें । अपमानित भएको महसूस गरें । तीन महिना अघि कर्नेल अहालुवालियालाई भनेको सम्झें – “वी आर नट बोर्न स्मग्लर सर,” ठुलो विवाद भएको थियो ।
त्यही दिन साँझको मेडिकल राउन्डमा आउँदा मेजर आर यस रस्तोगीले मेरो औंलो चेक गरे । बिहान मेरो र क्याप्टेन जसपालको कुरा सुन्ने सेतो वस्त्रकी आर्मी नर्स क्याप्टेन सुलेखासँगै थिईन । शायदउनले मेरो र क्याप्टेन जसपालबीचको वार्ता डाक्टर रस्तोगीलाई भनेकी थिईन ।
“स्याल क्यारी योर ओपरेसन टुमारो ओन्ली,” डाक्टर रस्तोगीले भने । मैले “थ्यांक्यु सर” भने । उनीहरू अर्को सैनिकलाई हेर्न लागे, म सोच मग्न भएँ, अर्थात, क्याप्टेन जसपाल र सर्जिकल डाक्टर रस्तोगीबीच कुरा भए होला । मैले अनुमान गरें । चार दिन अघावै अप्रेसन गर्नुको कारण त्यही होला । अनि अस्पतालबाट मलाई छिट्टै डिस्चार्ज गर्ने नियत ।
अर्कोदिन बिहानै मेरो चोर औंलाको अप्रेसन भयो बढीमा २० मीनेट लागे होला । “यु क्यान गो नाउ ।” मेजर रस्तोगीले भने ।
अर्को दिन बिहान वार्ड निरीक्षणमा आउँदा डाक्टरले सोधे – “हाउ इज योर फिंगर नाउ ?”
“मच बेटर सर,” मैले भने ।
“आई विल डिस्चार्ज यु टुमारो, इज इट ओके ?”
“फाईन सर,” मैले छोटकरीमा भने साथै थपें – “मै म्यानेज कर लूँगा ।”
डाक्टर रस्तोगी केही नबोलि अर्को विरामी सैनिकलाई हेर्न थाले, सैन्य नियमानुसार साँझ अर्को दिन डिस्चार्ज हुनेहरूको नामवार्ड नोटिस बोर्डमा राखियो । लिस्टमा मेरो नाउँ पनि थियो ।
बिहान नास्तापछि लुगा फेरें, स्टोरमा गइ अस्तपताका लुगा जमा गराएँ र डाक्टरसँगको भेटका लागि पालो कुरेर बाहिर बसेँ । हामी थोरै थियौं र मेरो पालो छिट्टै आयो । “मे आई कम इन” भनेर भित्र पसें । उनले मतिर हेरे र सोधे जस्तो गरेर हिन्दीमा भने – “अपने फिंगरको कम से कम दो हफ्ते आराम देना होगा । टाईप मत करना, मूजी सर ।” मात्र बोलेर मौन रहें ।
“ह्याव यु अवेल्ड योर लीव फर डद्ध ?” उनले पुनः अंग्रेजीमा सोधे । “एस सर अलरेडी” मैले भने ।
उसले मेरो डिस्चार्ज फारममा केही लेखे र मलाई जान भने । बाहिर निस्केर केहीछिन म सेतो वस्त्रकी आर्मी नर्स क्याप्टेन सुलेखालाई खोज्दै थिएँ । तर भेटिन । उनले शायद मेरो र क्याप्टेन जसपालबीचको वार्ता डाक्टर रस्तोगीलाई भनेकी थिईन ।
दस बजे म डिस्चार्ज फारम लिन अफिस पुगें । म मेजर रस्तोगीले लेखेको टिप्पणी हेर्न उत्सुक थिएँ । मौखिक मलार्इ दुई हफ्ता भने पनि कागतमा कम्तीमा तीन हफ्ता औंलामा प्रेस्सर नदिन लेखेका रहेछन् । अन्त्यमा एक पङ्क्ति अझै रहेछ ।
“रिकमेन्डेड फर टू मन्थस सिक लिव ।”
प्रतिक्रिया
-
४
