– एल.बी. क्षेत्री
उसले मोबाईलबाट एसएमयस पठायो | ‘क्यान यु बि रेडी बाई एलेवेन? ’ केहि बेर उत्तरको प्रतीक्षा गर्यो | उत्तर आएन | उसले फेरी सोध्न चाहेन | सोधेन पनि | राति एगारह बजे एक पटक मोबाईलको मेसेज बाकस हेर्यो | रित्तो थियो | आफ्नो ओंठमा मुस्कान आएको उसले थाहा पायो अनि सुत्यो |
रोमाली निदरल्याण्डबाट केहि दिनका लागि नेपाल आएकी थिई | केहिदिन काठमान्डू बसी, पोखरा गई अनि तराईतिर झरि | उसको श्रीमान कुनै खादान्य सँस्थाको सेकुरिटी विभागमा काम गर्ने रहेछन | पैसासंग निकै मोह रहेछ, २४ घण्टामा १२ घण्टा काम गर्ने उनको सुदृढ लक्ष्य | बयस्यक भई सकेका दुइ सन्तानहरु सानै देखि विदेशी संस्कृतिमा हुर्केकाले विदेशी संस्कार अनुसारनै आफ्नो सुरसार गरिसकेका थिए |
भावनाको डुंगामा यात्रा गर्ने मान्छे आफ्नै रोजाई अनुसार जीवन बाँच्न चाहन्छ | तर यस पृथ्वीका कतिपय मानव घरबार हुँदाहुँदै पनि अपूर्ण जीवनसंग सम्झौता गरि बाँची रहेका हुन्छन | कतिपय त सन्तान जन्माई सक्दा पनि आफु पूर्णताको अभावमा बाँचेको अनुभूतिसंगै बाँची रहेका हुन्छन | शिखर र रोमाली शायद तेस्तै पात्र थिए |
एउटा कार्यक्रममा रोमाली र शिखरको भेट पछी क्रमशः दुवै बीच घनिष्टता बढ्दै गयो |
कहिले काहीं स्वभावगत मिलनसार प्रवृतिका दुइ अपरिचित सानो बहानामा नजिकिन्छन र घनिष्टता बढ्दै जान्छ | मानव ब्योहारमा विपरीत लिंग-आकर्षण स्वाभाविक हो | यस्तो आकर्षणमा बढ्दो उमेर विलेनको भूमिकामा प्रस्तुत हुँदैन | विपरीत लिंग-आकर्षणले मित्रतामा घनिष्टता थप्दै जान्छ |
बढ्दो उमेरको क्रममा पति पत्नीको एक्बध्य सम्बन्धका लागि रोमान्सको अहम भूमिका हुन्छ | यसको अभावले सम्बन्धमा निरसता निम्त्याउँछ र निरसताले सम्बन्धलाई झनै तिक्त बनाउँछ | व्यक्तिको सिंगो जीवनमा सबै थोक हुँदा हुँदै पनि अपूर्णता रहन जान्छ | यस्तो अवस्थामा जीवनले खल्लो अनुभूति गर्नु स्वाभाविक हो तर अर्कोतर्फ अपूर्णतामा बाँची रहेको मान्छेको रिक्त हृदय कुनै विकल्पको खोजिमा रहन्छ नै |
मोटरसाईकल लिएर उ ठीक एगार बज्नु भन्दा तीन मिनेट पहिलानै विशाल चोकमा पुग्यो |
टाढैबाट चिन्यो | बाटोमा रोमिलाले सोधि – मैले त मेसेजको जवाफ फर्काएकी थियन | किन त ?
‘म रिक्ततामा पूर्णताको खोजिमा हिड्ने प्राणि | मोवाइलमा आउने संदेशमा होइन मेरो हृदयबाट आउने संदेशमा विश्वाश थियो.’
शेखरले कहाँ जाउँ भन्दा रोमालिले भनेकी थिई ‘म निदरल्याण्डको भीडबाट आत्तिएर आएकी हुँ | मलाई नदीको किनार मन पर्छ | एकान्तमा बसेर म कविता कोर्न चाहन्छु |’
राप्ति पुर्वबाट लामो यात्रा गर्दै पश्चिम तिर झर्दै थियो | नदीकै आडमा रहेको एउटा होटेल अघाडी मोटरसाईकल रोकेर दुवै नदि तर्फ आकर्षित भए | नदि किनारमा पर्यटकहरुका लागि कुर्ची र टेबलहरु सजाईएका थिये | विदेशी पर्यटकहरूको प्रतिक्षामा धेर जसो कुर्ची टेबल रित्ता थिए |
नदीको किनार नजिकै बेन्चिमा दुवै बसे | सुर्यको प्रकाश पानि भित्र डुपल्की मारी पानिबाट फुत्त बाहिर निस्की निश्चित ठाउँमा पानीका तरंगहरुसंग खेली रहेको थियो | रोमालिका आँखामा सुर्यकिरण टल्कदा आफ्नो देउरे हातको हत्केलाले प्रकाशको किरणलाई रोकेकी थिई | तर उ हर्षित थिई | यो हर्ष उसको अनुहारमा थिर न रहेको शेखरले महसुस गर्यो |
वेटरले मेनु ल्याएर उनीहरु अघाडी राख्यो | शेखरले मेनु न पल्टाई वेटरलाई फिर्ता गर्दै भयो – तिमि यसो गर भाई फिंगर चिप्स, साँदेको पी नट र माछा फ्राई लिएर आउ | कफी पनि ल्याउनु तर पछी सोधेर मात्र’
वेटर गयो | ‘मईलेता केहि भनेकै छैन मेरो चवाईस कसरि बुझ्नु भयो ?’ रोमिलाले सोधि |
“गोरेहरु धेरै जसो तेही मन पराउन्छन | फिश एंड चिप्स | तिमि गोरेहरुको देशबाट आएकीले तेही मन पर्याउंछेउ भन्ने अनुमान गरेको नि | अनि नेपाली भएकाले अचार मन पर्याउन्छ्यौ नै भनेर साँदेको पी नट भनेको |”
कफी खाँदै गर्दा शिखरले सोधेको थियो – तिम्रो फोटो खिची दिउँ ? लेउ तिम्रो मोबाईल |
रोमाले वेटरलाई बोलाएर आफ्नो आइ फोन दिंदै भनि – हाम्रो फोटो खिच्न सक्छौ भाई ?
केहि तस्वीर लिएर वेटरले रोमीलाको अईफोन फिर्ता गर्यो |
“म कविता लेख्छु” रोमीलाले भनिन |
“हुन्छ म किनार किनार शान्त बगी रहेको नदिसँग कुरा गर्दै हिड्दै गर्छु | तिमि कविता लेख |”
उ रोमीलाबाट टाढा आयो | नदीमा पानि छरलङ्ग थियो | कतै कतै झ्यांगले ढाकेको थियो | झ्यांग न रहेको ठाउँमा समुहमा रहेका ससाना माछाका छाउरा छाउरी पानि भित्र तैरि रहेका थिए | बाहिर निस्कदैन थे | बाहिर निस्कन शायद डराउँथे | साना भएकाले होइन, माछा भएकाले |
नदि पारिको ठाउँ अलिक अग्लो थियो | अलिक पर जंगल र तेही सेरोफेरोमा धुवाँ पुत्ताई रहेको थियो | शिखर सोच्दै थियो ‘सुचित्रालाई लिन कहिले जाने होला?’
“कविता आएन”
उसले पछी फर्केर हेर्यो | रोमीला उस नजीक पुगिसकेकी थिई |
“कविता बोलाएर आउँदैन त | कविताको मामिलामा जबरजस्ती केहि पनि हुँदैन |”
यस पटक उ निकै हाँसी | हाँस्दा हाँस्दै भनि – जबरजस्ती केहि पनि हुँदैन ह की?”
“हो जबरजस्ती केहि पनि हुँदैन |”
“अनि कसरि हुन्छ त ?” उसले न जाने झैँ गरेर सोधी | सोद्धै गर्दा उसको दाहिने हात शिखरको काँधमा पुगेका थिए |
“स्वेक्षाले हुन्छ र स्वतः हुन्छ | स्वफुर्थिका साथ हुन्छ | कविता चिनेकाहरुले कवितालाई बोलाउनु पर्दैन | एउटा तरँग आउँछ म त्यसलाई कविताको तरंग भन्छु र कविमा त्यो तरंग आफै प्रवेश गर्छ र आफै बग्न थाल्छन कागतमा कविताका शब्दहरु र बग्न थाल्छ कविता आफ्नै रंगमा स्वतः ”
“अनि पूर्णता ?”
“कविताले आफै भन्छ म पूर्ण भएँ | अब मलाई न तन्क्याउ |” केहि छिन उ मौन रह्यो अनि फेरी भन्न थाल्यो, “कतिपयले अनावश्यक विश्राम दिदै कवितालाई तनक्याउँन खोज्छन | यसले कविताको प्रवाहमा अवरोध आउँछ र कवि र कविता दुवै काव्यिक सौन्दर्यको पूर्ण आनन्दबाट वन्चित रहन पुग्छन |”
पश्चिम तर्फ बग्दै गरेको नदी किनार किनार आउँदा लामो हिडेछन दुवै | पुषको छोटो दिन अँध्यारोले छिट्टै पछ्याए छ | शेखरले आकाश तर्फ हेर्यो | सुर्यको लालिमा समेत हराई सकेको रहेछ | उनीहरु फर्के | उनिहरु बसेको किनारमा राखिएका कुर्चीहरु रित्ता थिए | आउँदा ओर्लेको बाटो दुवै उक्लदै फर्के |
शेखरले मोटरसाइकल निकालेर स्टार्ट गर्यो र बस्न भन्यो |
‘गई हाल्ने हो र ?’
‘साँझ पर्न थाल्यो | पुग्न अबेर हुन्छ”
‘पुग्नै पर्छ र? मलाई पुग्न भन्दा हराउन मन छ |’
‘……’
उसले मोटरसाइकल बन्द गर्यो | हेल्मट रोमीलालाई दियो | मोटरसाइकल ईस्ट्यान्डमा राख्यो | लक गर्यो | रोमेलाबाट हेल्मेट लिंदै भन्यो –
“रोमी, हिड् जौं |” आफ्नो नाम छोट्टीएकोमा उसलाई कुनै गुनासो थिएन |
बिहान रोमीला बाथरुममा पस्दा शेखर सुतिनै रहेको थियो | शावरको हल्का तातो पानि उसको टाउकोमा परि उसको कपाल अनि शरीरलाई क्रमशः भिजाउँदै खस्दै गर्यो | उसले मुख साबुनको फींजले मलि | पखाली | ऐनामा हेरी | मेकअप कत्ति थिएन | गालामा हल्का चाउरिले ठाउँ खोज्न थाले जसो उसले अनुभव गरि | तर उ सन्तुष्ट थिई | तौलियाले टाउको सुकाउँदै गर्दा उ सोच्दै थिई – निदरल्याण्ड कहिले फर्कने होला ?
वेटरले दुइकप काफी राखेर गयो | रोमीला बाथरूमबाट शिखरको कमेज लगाएर निस्की | शेखरले घडी हेर्यो | बिहानको ९ बजी सकेछ | कफी खाँदै उ सोंच्न थाल्यो – भोलि सुचित्रालाई लिन गए बेस होला |
***
प्रतिक्रिया
-
४