✍️ रामचन्द्र शर्मा

मुक्तक – १
झन् झने त्यतिखेर नरमाईलो लाग्छ
पुराना दिन सम्झेर नरमाईलो लाग्छ
मेरै अघि पराईसँग जाँदा मुस्कुराउँदै
नहेरिदेउ फर्केर नरमाईलो लाग्छ

मुक्तक – २
गरिराख्छ अनेक बात छाड्नै मान्दैन
बगाएर आँशुको वर्षात छाड्नै मान्दैन
खाडी उडानका लागि विमानस्थलमा छु
छोराले समाएको हात छाड्नै मान्दैन

मुक्तक – ३
उदाउँछ अस्ताउछ घाम के गुनासो गर्नु
समयले गर्छ छलछाम के गुनासो गर्नु
जीवनको कोहिनुर गुमाई बाँचेको मान्छे हुँ
गुम्दा आज एउटा फलाम के गुनासो गर्नु

मुक्तक – ४
हुँदा सरकार लाचारी फरार भइराख्छन्
महिनामै सयौंको हाराहारी फरार भइराख्छन्
पार्कमा बस्ने प्रेमजोडी खोज्दै हिड्छ प्रशासन
उता बालिका बलात्कारी फरार भइराख्छन्

मुक्तक – ५
महल चाहिन्न शहरमा सबथोक छ
मलाई यत्ति आधार भरमा सबथोक छ
बाँकी के छ के छैन बेहिसाब छु जिन्दगीमा
बस् बा आमा हुनुहन्छ घरमा सबथोक छ

****

प्रतिक्रिया

सम्बन्धित खवर