– बिमला शर्मा
१,
वचन रुपि तिखो बाण ले ,नहान भो सानु
तिमीलेनै पराई ठाने ,आफ्नो कस्लाई मानु
उतारचढाव हुन्छ कहिले मनमुटाब नि हुन्छ
इर्ष्या मन मा नराख प्यारा के छ मरि लानु
२,
बोल्नै छोडी नभन्नु है कामै कामले भ्याऊदिन
प्रेमदिवस,जन्मदिन नभुले पनि उपहार ल्याउदिन
तिमीलाई भेट्न मन नभएको कहाँ हो र प्यारा
तर के गर्नु सामाजिक कारणले भेट्न आउँदिन।
३,
आफ्नो भन्दा पनि धेरै पिर छ उसको
भुल्नै नसकिने मनमा तस्बिर छ उसको
किन हो परिवर्तन देख्छु व्याबहार पनि
अचेल त बोलिमा पनि तीर छ उसको
४,
बिन्ति गर्छु बस कान्छा दिलमा खालि ठाउँ राखेकी छु
जेठो माईलो जे भएनि कान्छा भनि नाउँ राखेकी छु
तिमीले मलाई नानी, काली, कान्छु ,सानी जे भने पनि
तिम्रो हुन पाउँ भनि, मेरो शिर देउताको पाउ राखेकी छु
५,
फोनमै बोल्दा खुशी लाग्छ कस्तो होला भेट्न पाए
भिडियो कलमै भए पनि उनीलाई देख्न पाए
अझै कति सुखी खुशी हुन्थ्यो होला है जीवन
मेरो नामको पछाडी उनको थर लेख्न पाए
***
प्रतिक्रिया
-
४
