– फेसबुक कवि

गजल१
खेत जाेड्ने काेही छैन, छाेड्नेकाे लर्काे देशमा,
मन जाेड्ने  जर्ती कहाँ, ताेड्नेकाे लर्काे देशमा

भर थेग छैन कतै,     दाेषहरू लिखा टिपाई,
एक अर्काे कुरा कटाई, गाेड्नेकाे लर्काे देशमा

छन् गेडी सबै मेरी रे,      छैनन् गेडी परपर,
जहाँ फल सर्याे डाली, जाेड्नेकाे लर्काे देशमा

उसै कहाँ बन्छ घर देश,  विकास र मम्वृद्धि रे,
खै स्थिरता छैन बाटाे, माेड्नेकाे लर्काे देशमा

गाउँ   गाउँ   सडकमय,   हिड्ने यात्री शून्यप्राय,
स्वदेश हेला पर्देश घुम्टी, ओड्नेकाे लर्काे देशमा

गजल २,
छुट्नु फुट्नु निउँ के र? भाग मिलेन बखेडा,
हाँगा बिंगा बिच द्वन्द, वाग मिलेन बखेडा

काेके खाने काेके खाने,भिन्न लत कुलत ती,
रायाे ताेरी फापरकाे, साग मिलेन बखेडा

काेही लाग्छ नभतिर, पाताल गमन काेही,
आराेह र अवराेह, राग मिलेन बखेडा

काेही झुल्क्याे पूर्वबाट, काेही पश्चिम उदाउँदाे
बिफर काेही ठेउला, दाग मिलेन बखेडा

घर थर एकै चुल्हाे, कुण्ड कुण्ड मनहरू,
एकै कुर्ची तानातान, माग मिलेन बखेडा

***

प्रतिक्रिया

सम्बन्धित खवर